माओवादी केन्द्र शान्तिनगर गाउँ कार्यालय कमिटिको बैठक

तुलसीपुर
२६ माघ / नेकपा माओवादी केन्द्र शान्तिनगर गाउँ कार्यालय टिमको बैठक मंगलबार बसेको छ । अध्यक्ष नेपबहादुर रोकाको अध्यक्षतामा बसेको बैठकले २७ औं जनयुद्ध दिवस भब्यताका साथ मनाउने निर्णय गरेको छट । फागुन १ गते सहीद स्मृति भवन जुम्लेकुलामा कार्यक्रम हुने भएको हो ।

त्यस्तै सहीद सप्ताहलाई भब्यताकासाथ मनाउने समेत निर्णय भएको छ । बैठकले शान्तिनगर ४ जुम्लेकुलामा रहेको सहीद स्मृति भवन निर्माणको कामपलाई पूरा गर्ने र उक्त भवनलाई पार्टी कार्यालयको रुपमा प्रयोग गर्ने निर्णय गरेको छ ।


बैठकमा पार्टीका लुम्बिनी प्रदेश कमिटि सदस्य खर्के सुनार,राधिका परियारलगायतको सहभागिता रहेको सहसचिब हिरालाल सुनार‘सारथी’ले जानकारी दिए ।