रास्वपा निर्वाचनः लुम्बिनीबाट दाङका ढकाल र पाठक विजयी, कमल सुवेदी पराजय

तुलसीपुर, ११ असार । राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सदस्यमा लुम्बिनी प्रदेशको कोटाबाट दाङका संगीता ढकाल र देवराज पाठक विजयी भएका छन् ।

ढकालले १०९२ मत प्राप्त गरेकी छन्, भने पाठकले ८२० मत प्राप्त गरेका छन् । ढकाल प्रदेशको कोटाबाट दोस्रो नम्बरमा छन्, भने पाठक चौथो नम्बरमा छन् । पाठक दाङ क्षेत्र नं.१ का सांसद पनि हुन् ।


त्यस्तै दाङ क्षेत्र नं.३ का सांसद कमल सुवेदीले भने केन्द्रीय सदस्यको निर्वाचनमा पराजय ब्यहोरेका छन् । उनले ६०१ मत ल्याएर छैठौ स्थानमा छन् ।

प्रदेशबाट ५ जनालाई केन्द्रीय सदस्य निर्वाचित गरिन्छ ।