संस्कार पाठशालाले सञ्चालनमा ल्यायो आफ्नै ‘फुटसल कोर्ट’

तुलसीपुर,२३ जेठ । ज्ञानज्योति एजुकेशन फाउन्डेसनद्वारा सञ्चालित संस्कार पाठशाला दाङले फुटसल कोर्ट सञ्चालनमा ल्याएको छ ।

उक्त कोर्टको बुधबार अखिल नेपाल फुटबल संघ एन्फाका टेक्निकल डाईरेक्टर तथा राष्ट्रिय टोलीका पूर्व कप्तान हरि खड्काले उद्घाटन गरेका थिए । त्यस अवसरमा खड्काले विद्यालयमै कोर्ट स्थापना हुनुले खेलाडीको क्षमता बृद्धि हुने बताए । यसले भबिष्यमा राम्रा खेलाडी उत्पादन गर्न सकिने उनको भनाई छ ।

कार्यक्रममा दाङ जिल्ला फुटबल संघका अध्यक्ष संजात धितालले कोर्ट स्थापना भएसंगै विद्यार्थीहरु खेल क्षेत्रमा आकर्षित हुने बताए । शिक्षासंगै खेल पनि अपरिहार्य रहेको भन्दै विद्यालयहरुले खेलकूद मैदान निर्माण गर्नुपर्ने बताए ।


विद्यार्थीलाई शिक्षासँगै खेलकुदमा जोड्नका लागि उक्त कोर्ट निर्माण फाउन्डेशनका कार्यकारी निर्देशक सुरेन्द्र जीसीले बताए ।
फाउण्डेसन अन्र्तगत सञ्चालनमा आएका ९ ओटा विद्यालय तथा क्याम्पसका विद्यार्थीहरुकालागि उक्त कोर्ड सञ्चालनमा ल्याईएको हो ।

संस्कार पाठशालाका एकेडेमी कोअर्डिनेटर बलदेव पोखरेलले स्वागत मन्तव्य ब्यक्त गरेको कार्यक्रमको सहजीकरण जिल्ला फुटबल संघका महासचिव लक्ष्मण बस्नेतले गरेका थिए ।