
भालुबाङ,६असार ।
नेपाल स्काउटको ७५ औं स्काउट स्थापना दिवसको अवसरमा स्थानिय स्काउट राप्तीको आयोजना र लिटिल एन्जल्स स्काउट टुपको ब्यबस्थापनमा शुक्रबार लिटिल एन्जल्स स्काउट ट्रुप भालुबाङमा अन्तर पालिका स्तरिय हाजिरिजबाफ प्रतियोगिता सम्पन्न भएको छ।
राप्ती,गढवा गाउँपालिका,लमही नगरपालिका र घोराही उपमहानगरपालिकाका स्काउट ट्रुपहरु सहभागी कार्यक्रम लिटिल एन्जल्स स्काउट समितिका संरक्षक बाबुराम थापा क्षेत्रीको अध्यक्षता स्थानिय स्काउट समिती राप्ती गाउँपालिकाका प्रमुख आयुक्त छबिलाल कडेलको प्रमुख आतिथ्यता , स्थानिय स्काउट समिती गढवा गापाका प्रमुख आयुक्त इस्वरा कुमारी पाठक तथा एडभान्स स्काउट मास्टर कमला लम्सालको विशिष्ट आतिथ्यतामा सम्पन्न भएको हो।
प्रतियोगितामा ४ पालिकाका १८ वटा विद्यालयका स्काउट ट्र्पले भाग लिएका थिए । प्रतियोगितामा गंगा माध्यमिक विद्यालय रामपुर घोराही प्रथम,आदर्श नमुना माध्यमिक विद्यालय लालमटिया दोस्रो ,नेपाल राष्ट्रिय माध्यमिक विद्यालय भालुबाङ तेस्रो स्थान हासिल गरेका थिए । प्रतियोगितामा सहभागी तथा विभिन्न स्थान ल्याउन सफल विद्यालय,स्काउट शिक्षक ,स्काउट विद्यार्थीहरुलाइ पुरस्कृत तथा सम्मान गरिएको थियो ।



लाइभदाङ । ६ असार २०८३, शनिबार ०८:१२ बजे