
दाङ, ५ असार ।
देउखुरी स्थितराप्ती गाउँपालिका-१ भालुबाङ पुल्चोक निवासी शिव बहादुर खत्रीका १३ वर्षीय छोरा सुशान्त खत्रीको राप्ती नदीमा डुबेर मृत्यु भएको छ ।
प्राप्त जानकारी अनुसार शुक्रबार दिउँसो करिब १ बजेदेखि १ः३० बजेको बीचमा राप्ती नदीमा डुबेका सुशान्तलाई तत्काल उद्धार गरी उनका बुवा शिवबहादुर खत्रीले भालुबाङ अस्पताल पुर्याएका थिए ।
तर अस्पतालले उनलाई मृत घोषणा गरेको जनाएको छ । मृतक बालकको शव पोस्टमार्टमका लागि लमही अस्पतालमा राखिएको छ । घटना पछि परिवार तथा स्थानीयवासी शोकमा डुबेका छन् । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी गराएको छ ।



लाइभदाङ । ५ असार २०८३, शुक्रबार २२:५५ बजे