
तुलसीपुर,३१ साउन। तुलसीपुर नगर जेसिजले शनिबार कृष्ण जन्माष्टमीको अवसरमा हेल्थ डेस्क संचालन गरेको छ ।
हेल्थ डेस्कमा मन्दिरमा आउने दर्शनार्थीलाई स्वास्थ्य सेवा प्रदान गरिएको छ ।
राप्ती लाइफ केयर हस्पिटल र तुलसीपुर भीमसेन मेट्रो अस्पतालको प्राविधिक सहयोगमा हेल्थ डेस्क संचालन गरिएको हो ।
तुलसीपुर नगर जेसिज वर्ष २०२५ का अध्यक्ष सन्दिप भुसालको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ९ का अध्यक्ष घनश्याम ढकालको प्रमुख आतिथ्यतामा कार्यक्रम गरि डेस्कको उद्घाटन गरिएको थियो । उक्त डेस्कले दिनभर सेवा दिएको थियो ।
त्यस अवसरमा वडा अध्यक्ष ढकाल, मन्दिर व्यवस्थापन समितिका अध्यक्ष शोभाकर सापकोटा र तुलसीपुर नगर जेसिजका पूर्व अध्यक्ष झरेन्द्र खरेल लगायतले हेल्थ डेस्क संचालन भएपछि मन्दिरमा आउने भक्तजनलाई सहजता भएको थियो ।
हेमन्त बुढाथोकीको आस्थापाठबाट शुरू भएको कार्यक्रमको सहजीकरण महासचिव बुद्धि सापकोटाले गरेका थिए । जेसिजले प्रत्येक बर्ष उक्त मन्दिरमा हेल्थ डेस्क स्थापना गरेर सेवा गर्दै आएको छ ।



लाइभदाङ । ३२ श्रावण २०८२, शनिबार २२:२६ बजे