पोषण मार्फत् जीवन रुपान्तरण कार्यक्रमको दंगीशरणमा अनुगमन ।

प्रमोद आचार्य
दाङ,४ असार ।
पोषण मार्फत् जीवन रुपान्तरण कार्यक्रम मार्फत् भएका कार्यक्रमहरुको अनुगमन गरिएको छ । ब्याकवार्ड सोसाइटी एजुकेशन (बेश) को ब्यबस्थापन र helen keller तथा  iDE नेपालको सहयोगमा सञ्चालन भएको पोषण मार्फत् जीवन रुपान्तरण कार्यक्रमको अनुगमन गरिएको हो । ब्याकवार्ड सोसाइटी एजुकेशन (बेश), Helen keller International र iDE नेपाल र दंगीशरण गाउँपालिकाका प्रमुख, प्रतिनीधि र कर्मचारीहरुको सयुक्त टोलीले पोषण लक्षित कार्यक्रमका योजना, कुपोषित परीवारमा गरिएको सहयोग र त्यसबाट भएको परीबर्तन अर्गानिक खेतीका लागि तयार गरिएका गड्यौला खेतीको अनुगमन गरिएको थियो ।

अनुगमन पश्चात भएको समीक्षा कार्यक्रमका बोल्ने बक्ताहरुले पोषणयुक्त र स्वस्थ्य समाज निर्माणका लागि सरकारी तथा गैर सरकारी सस्था, स्थानीय जनप्रतिनीधि, कर्मचारीहरुको भूमिका महत्वपूर्ण हुने बताएका थिए । कार्यक्रममा बोल्दै दंगीशरण गाउँपालिकाका अध्यक्ष शम्भु गिरीले सरकारको क्रियाकलापलाई विभिन्न संघसस्थाले पुलको रुपमा काम गरेर सहयोग गरेको बताउनुभयो ।

ब्याकवार्ड सोसाइटी एजुकेशन ९बेश० को ब्यबस्थापन र  helen keller तथा iDE नेपालले दंगीशरण गाउँपालिकामा रहेको बिरेन्द्र माध्यामिक बिधालयमा सिंगल भेसल फिल्टर जडान गरेकोछ । त्यसैगरी विभिन्न समुदायमा कुपोषण बिरुद्ध कार्यक्रम सञ्चालन र गड्यौला खेतीका लागि कार्यक्रमहरु गरीरहेको छ ।


विहिवार उक्त कार्यक्रमहरुको अनुगमन गर्दै टोलिले वडा न २ मा गड्यालो मल उत्पादन गरीरहेका इश्वरी बहादुर पुन र वडा न ३ कि कुपोषित बालिकाकी आमा एलिना वलिलाई कुखुरापालनमा सहयोग गरेर पोषण मार्फत जीवन रुपान्तरणमा पुर्याएको सहयोग अन्तर्गतका २ वटा ठाउँको अनुगम गरेकोथियो ।यस्तै परीयोजनाले वडा न २ मा रहेको गड्यौला मल उत्पादन गरीरहेका ईश्वरी पुनको फर्मलाइ संकलन केन्द्रको रुपमा बिकसित गर्ने परीयोजनाले लक्ष्य राखेको छ ।परीयोजनाले मुख्यगरी खाद्य सुरक्षा ,सरसफाइ तथा आरोग्यता प्रबर्द्धन,पोषण खाद्यको उपलब्धता र उपभोगमा वृद्धि,पोषण सम्बन्धि व्यबहारमा परीबर्तन तथा सुधार ,लैङ्गिक तथा सामाजिक समावेशिकरणको क्षेत्रमा काम गरीरहेको  छ ।

अनुगमन कार्यक्रममा दंगीशरण गाउँपालिकाका अध्यक्ष शम्भु गिरी, वडा न ३ का वडा अध्यक्ष शुकलाल चौधरी वडा न २ का वडा अध्यक्ष डम्बर खत्री बेश सस्थाका,परीयोजना सयोजक शुरेश चौधरी,कृषि तथा पोषण अधिकृत मनोज चौधरी बेश सस्थाका जिल्ला सदस्य भरत अधिकारी,कृषि साखा प्रमुख शरु भुषाल मत्स्य अधिकृत खुस्बु बुढा मगर लगायतको सहभागीता रहेकोथियो ।