गाउँपालिका हाक्न तम्सिएका‘ड्राईभर’

तुलसीपुर,२७ वैशाख ।
गाडी हाक्ने ड्राईभर होईनन्, देश हाँक्न निस्किएका ‘ड्राइभर’ हुन् । परिबर्तनका हरेक आन्दोलनमा सक्रिय सहभागिता जनाएका उनको ‘ड्राईभर’ पेशा होईन्, त्यो उनको नाम हो । खास नाम भिमबहादुर वली र पार्टीको नाम हो‘ड्राईभर’ । नाम ‘ड्राइभर’ भएका उनी काम पनि‘ड्राईभर’ जस्तै छ । उनी सधै चलायमान हुन्छन् । पार्टीमा सक्रिय भूमिका निर्वाह गर्ने उनी हाल गाउँपालिकालाई‘ड्राइभिङ’ गर्ने दौडमा छन् । उनी माओवादी केन्द्रका लुम्बिनी प्रदेश कमिटि सदस्य हुन्,भने पार्टीको तर्फबाट बबई गाउँपालिकाको अध्यक्षको उम्मेदवार हुन् । उनले बबई गाउँपालिकालाई समृद्ध बनाउन आफ्नो उम्मेदवारी रहेको बताएका छन् ।

उनले जितेपछि गर्ने कामको प्रतिबद्धता निम्नानुसार छन् :

१.कृषिमा क) आधुनिकीकरण: उन्नत बिउबिजन निःशुल्क प्रदान,रासायनिक मलमा ५०% अनुदान, प्राविधिक र औषधी निःशुल्क सिंचाई निःशुल्क व्यवस्थापन, श्रम र उपजको मूल्य आन्तरिक र बाह्य निर्धारण, उत्पादित वस्तुहरूको बजार व्यवस्थापन ।

ख) राज्य नियन्त्रित यान्त्रिकरण÷खनजोतका साधनहरू समुहमा प्रदान, कटिङ र स्प्रेका सामग्रीहरू समुहमा, भण्डारण समुहमा, यन्त्रहरुको संरक्षण र मर्मत ुम्भार समुबाट ।

२. पशूपंक्षी बिमा राज्यबाट,पशुपालकहरुलाई समहमा अनुदान, औषधी र प्राविधिक राज्यबाट प्रदान, मासु दुध र अण्डाको बजारीकरुण स्थानीय सरकारबाट गरिने, चिस्यान केन्द्रको निर्माण गरी मासु,दुध, फलफुल तरकारी लगायतको कृषिजन्य उपजको संरक्षण गर्ने, मासु मार्केटका लागि सुविधा सम्पन्न उपकरणहरु प्रदान गरिने छ ।

३. स्वास्थ्य क्षेत्रमा आधारभुत रुपमा सबैलाई निःशुल्क समग्र सेवा सुविभा सम्पन्न हस्पिटल निर्माण, जेष्ठ नागरिक, अपाङ्ग उत्पिडित तथा गरिबहरुलाइ विशेष ग्राह्यता, विशेषज्ञ डाक्टरहरुको व्यवस्थापन तथा मेजर अप्रेशनसेवा प्रदान गरिने ।

४. शिक्षा माध्यमिक तहसम्म अनिवार्य अध्ययन गराईने, मन्टेश्वरी कलास तथा यातायातको व्यवस्थापन, विद्यालयहरुमा दैनिक १ घण्टाको श्रमको योजना बनाई पसल टु सम्म नास्ताको व्यवस्थापन विद्यालयले गर्ने, आवश्यकताको आधारमा शिक्षक र भवनको व्यवस्थापन गरिने छ ।

५. खानेपानी र विद्युत महशुल सर्वसाधारणका लागि निःशुल्क प्रदान गरिने छ ।

६. सहिद, घाइते, अपाङ्ग तथा उत्पिडित परिवारलाई राहात प्रदान गर्नुका साथै उत्पादन केन्द्रित काममा लगाईने छ ।

७. दलित, माहिला,जनजाती र जनवर्गका समग्र समस्या समाधानका लागी समुहिक कार्ययोजना तयार पारी कार्यान्वयनमा लगिनेछ ।

८. हरेक पार्टी भित्रका असन्तुष्टिहरुले सामाजिक सेवामा खल पुराउने अवस्थालाई समयमा पहल कदमी लिइनेछ ।

९. बृहत उत्पादनका लागी सहकारीकरणको विकास गर्ने ।


१०.कृषि प्राविधिकहरुको भर्ति र व्यवस्थापन ।

११. जनताहरुलाई चर्को ब्याज लगाउने वितिय संस्थाहरुको अनुगमन नियन्त्रण गर्ने तथा १०% भन्दा माथि ब्याज लगाउने वितिय संस्थाहरुलाई नियन्त्रण गरिने छ ।

१२. सुचना र संचारको माध्यम उपेक्षित भूगोललाई पहुँचमा राख्ने ।

१३. सामुदायिक वनहरुलाई उत्पादनसंग जोड्ने, पर्यटन प्राकृतिक श्रोत साधन, उद्योग र वाणिज्य लाई जनसमुदाय संग जोडेर लगिने छ ।

१४. सडक र यातायातलाई सर्वसुलभ तथा सुरक्षित बनाईने छ ।

१५. कागज उद्योग स्थापनाका लागिसंघ प्रदेशबाट पहल गरी हजार भन्दा बढि लाई रोजगार प्रदान गरिने छ ।

१६. नगर प्रहरीको व्यवस्थापन गर्ने, जन सुरक्षाका लागी बेरोजगारहरु, कुलतमा फसेकाहरु, चोर र लागूऔषध सेवन कर्ताहरु तथा अन्य अपराधीहरु सबैलाई स्थानीय सरकारले ठूलो जमिन लिजमा लिएर श्रम कार्यबाट रुपान्तरणको कार्य चलाईने छ ।

१७. बबई १ र ७ वडाका उपेक्षित भूगोलहरुलाई अन्य वडाहरुको स्तरमा समानुपातिक विकासका लागी स्थानीय विकास बजेट बाट अधिक्तम रकम अनिवार्य विनियोजन गर्ने र सन्तुलन को स्तरमा पुरायनको लागी संघ तथा प्रदेशको बजेट पनि अत्यधिक मात्रमा प्रयोग गर्ने ।

१८. जनताको सल्लह अनुसार जनताको आवश्यकता मा जननियन्त्रित विकास, बजेट निर्माण र समग्र आर्थिक तथा करलाई जननियन्त्रित गरिने छ ।

१९. ढोलपुर देखि मलही हुदै किउरेने जोड्ने सडक,ट्वाङखोला गंगटे हुदै ढकेरी जोड्ने सडक, घट्टे खोला बेसारे हुदै सल्यान जोड्ने सडक र अन्य जनताको आवश्यकता मा सडक निर्माण योजना अगाडी बढाईने छ ।

२०. सारमा संघ र प्रदेश संग अधिकार क्षेत्र नबाझिने गरि भुमिहिनसुकुम्बासी र अव्यवस्थित बसोबासीहरुलाई दिईनेछ, संविधान मा उल्लेखीत २२ वटा अधिकारहरुलाई पहिलो वर्षको अन्त्य सम्म नियम विनियम विधेक र कार्ययोजना तयार पारी कार्यान्वयन को तहमा अहिलेको सरकारको जस्तो नभई अधिकार सम्पन्न स्थानिय सरकार निर्माण गरी प्रयोगमा ल्याईने छ ।

२१. आजको भूमण्डलिकृत वितिय पुजि, यातायात, संचार र विज्ञानलाई केन्द्रबिन्दु बनाएर आफ्ना आगामी कार्यक्रमहरु नेकपा माओवादी केन्द्र बबई बनाउने छु । साभारः अग्रिम साप्ताहिक