पोषण मार्फत् जीवन रुपान्तरण कार्यक्रमको अनुगमन

प्रेमबहादुर राम्जा
दाङ, ३ असार ।
पोषण मार्फत् जीवन रुपान्तरण कार्यक्रम मार्फत् भएका कार्यक्रमहरुको अनुगमन गरिएको छ । ब्याकवार्ड सोसाइटी एजुकेशन (बेश) को ब्यबस्थापन र हेलन क्लेलर तथा आइडिई नेपालको सहयोगमा सञ्चालन भएको पोषण मार्फत् जीवन रुपान्तरण कार्यक्रमको अनुगमन गरिएको हो । ब्याकवार्ड सोसाइटी एजुकेशन (बेश), हेलन क्लेलर, आइडिई नेपाल र बबई गाउँपालिकाका प्रमुख, प्रतिनीधि र कर्मचारीहरुको सयुक्त टोलीले पोषण लक्षित कार्यक्रमका योजना, शुद्ध खानेपानीका लागि जडान गरिएका फिल्टर र अर्गानिक खेतीका लागि तयार गरिएका गड्यौला खेतीको अनुगमन गरिएको थियो ।

अनुगमन पश्चात भएको समीक्षा कार्यक्रमका बोल्ने बक्ताहरुले पोषणयुक्त र स्वस्थ्य समाज निर्माणका लागि सरकारी तथा गैर सरकारी सस्था, स्थानीय जनप्रतिनीधि, कर्मचारीहरुको भूमिका महत्वपूर्ण हुने बताएका थिए । कार्यक्रममा बोल्दै बबई गाउँपालिकाका अध्यक्ष कुलबहादुर खत्री क्षेत्रीले सरकारको क्रियाकलापलाई विभिन्न संघसस्थाले पुलको रुपमा काम गरेर सहयोग गरेको बताउनुभयो ।


ब्याकवार्ड सोसाइटी एजुकेशन (बेश) को ब्यबस्थापन र हेलन क्लेलर तथा आइडिई नेपालले बबई गाउँपालिकामा रहेका दुई वटा सामुदायिक बिद्यालयमा सिंगल भेसल फिल्टर जडान गरेको छ । यस्तै दंगीशरणमा १, राजपुर, गढवा, राप्ती १÷१ वटा शान्तिनगरमा १ वटा डवल भेसल फिल्टर जडान गरिएको छ । त्यसैगरी विभिन्न समुदायमा कुपोषण बिरुद्ध कार्यक्रम सञ्चालन र गड्यौला खेतीका लागि कार्यक्रहरु गरिएको छ ।

अनुगमन कार्यक्रममा बबई गाउँपालिकाका अध्यक्ष कुलबहादुर खत्री क्षेत्री, प्रबक्ता तिलकराम भण्डारी, वडाध्यक्षहरु टेकबहादुर वली, हर्कबहादुर सिरिस, बेश दाङका अध्यक्ष महाबीर चौधरी, कार्यक्रम अधिकृतहरु सुरेश चौधरी, मनोज चौधरी, सन्तोषकुमार शर्माको सहभागीता रहेको थियो ।