दाङ भ्याली इन्स्टिच्यूटले ग¥यो ल्याब र एचएका विद्यार्थीलाई स्वागत

तुलसीपुर, १६ माघ ।
दाङको तुलसीपुर स्थित दाङ टेक्निकल ईन्स्टिच्यु प्रालिका ल्याब र एचए प्रथम वर्षका बिद्यार्थीहरूलाई स्वागत गरिएको छ । शुक्रबार तुलसीपुरमा कार्यक्रम गरि स्वागत गरिएको हो । प्रालिका अध्यक्ष दोर्ण वलीको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत केशबराज पार्धेको प्रमुख आतिथ्यमा कार्यक्रम गरि विद्यार्थीहरूलाई स्वागत गरिएको हो ।

त्यस अवसरमा प्रमुख अतिथि पार्धेले विद्यार्थीहरु अनुशासित हुनुपर्ने बताए । उनले कामले ठूलो सानो हुने नभई ब्यबहार, चरित्रले मान्छे ठूलो हुने बताए । उनले विद्यार्थीहरु समाजका असल ब्यक्ती हुनपर्ने बताए ।

कार्यक्रममा विशिष्ट अतिथि सीटी हस्पिटल प्रालि तुलसीपुरका अध्यक्ष विमल रिजालले विद्यार्थीहरुको यो पुस्ताले नै समाजलाई सही मार्गमा लैजान सक्ने युवा भएकाले सचेत भएर अगाडी बढ्नु पर्ने बताए ।


कार्यक्रममा पत्रकार दिपक बोहराले एचले स्वास्थ्य क्षेत्रमा खेलेको भूमिका महत्वपूर्ण रहेको भन्दै यो पेशालाई अझै पनि मर्यादित बनाउनु पर्ने बताए ।

इन्स्टिच्यूमा हाल तीन बर्षे कार्यक्रम सञ्चालनमा छ । हाल एचए र ल्याबमा गरि २ सय १० विद्यार्थी अध्ययनरत छन् । इन्स्टिच्यूट जिल्लाको सबै भन्दा पुरानो हो । जुन २०५४ सालमा स्थापना भएको हो । त्यस अवसरमा प्रथम बर्षमा अध्ययनरत लालबहादुर पुन,लक्ष्मी वलीलगायतले मन्तब्य ब्यक्त गरेका थिए ।

कार्यक्रमको सहजीकरण प्रिन्सिपल अशोक यादव र चेतना वलीले गरेका थिए ।