तुलसीपुरको चारतले घरमा आगलागी,चप्पल गोदामसहितमा क्षति, एक जना घाइते

दीपक बोहरा
दाङ
२८ माघ /
दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं. ५ ‘ङ’ लाईन स्थित एक घरमा आलगागी भएको छ । आगलागी हुँदो सोही घरमा रहेको इरम फुटवेयर चप्पल गोदाममा क्षति भएको छ, भने एक ब्यक्ती घाइते भएका छन् । घाइतेलाई उपचारकालागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुर लगिएको छ ।

विद्युतको मिटर पड्किदा आगलागी भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए । शुक्रबार राति २ बजेदेखि आगलागी भएको विहान साढे ४ बजेसम्म पनि नियन्त्रणमा आउन सकेको छैन ।‘अहिले आगो नियन्त्रणमा लिने कार्य भइरहेको छ”,उनले भने‘अझै क्षतिको विवरण आउन सकेको छैन ।’ स्थानीयका अनुसार घर भित्र ५ जना रहेको आशंका रहेको छ । प्रहरीले उनीहरुलाई उद्दार गर्न प्रयास गरिरहेको भएपनि आगो नियन्त्रणमा नआउँदा समस्या भएको छ ।

अहिले इलाका प्रहरी कार्यालय तुलसीपुुर, नेपाली सेना, सशस्त्र प्रहरी, स्थानीय तथा घोराही उपमहानगरपालिकाको दमकलले आगो नियन्त्रणमा लिइरहेका छन् । पहिलो तलाबाट सुरु भएको आगलागी चौथो तलासम्म पुगेको छ ।


तस्वीर: शरद रेग्मी

No description available.

No description available.