काँग्रेसद्वारा स्वास्थ्य चौकीमा सिटामोल वितरण

तुलसीपुर
२७ माघ / नेपाली काँग्रेसले तुलसीपुर उपमहानगरपालिका वडा नं. ५ स्थित स्वास्थ्य चौकीमा सिटामोल वितरण गरेको छ । काँग्रेस दाङ र काँग्रेस तुलसीपुर समितिको संयुक्त आयोजनामा तुलसीपुर ५ बसपार्क स्थित स्वास्थ्य चौकीलाई सिटामोल वितरण गरिएको हो । नगरसभापति सुरेश हमालको अध्यक्षता तथा पार्टीका जिल्ला उपसभापति कमानसिंह भारतीको प्रमुख आतिथ्यमा कार्यक्रम गरि उक्त सामग्री वितरण गरिएको प्रबक्ता पूर्णबहादुर डाँगीले बताए ।

कार्यक्रममा पार्टीका महाधिवेशन प्रतिनिधि विमल रिजाल, नगर स्वास्थ्य प्रमुख खुमप्रसाद न्यौपाने लगायतले मन्तब्य ब्यक्त गरेका थिए । त्यस्तै पार्टीका जिल्ला सचिब तथा सोही कार्यक्रमका संयोजक बालिका लम्सालले जिल्लाका सबै पालिका तथा वडाहरुमा पुग्ने गरि सिटामोल वितरण गर्न लागिएको बताईन् ।

जिल्ला सचिब अर्जुन योगी , सहसचिब राजु आचार्य, सदस्य गेहेन्द्र वली, विपना रोका, प्रदेश प्रतिनिधि यमुना शाह कडेल, वेनु अधिकारीलगायतकोसहभागिता रहेको थियो ।


कार्यक्रमको सहजीकरण नगर सचिब शुसिल वली र विमल पौडेलले गरेका थिए । पार्टीका क्षेत्रीय प्रतिनिधि पनव आचार्यले उपलब्ध गराएको उक्त सिटामोललाई पार्टीले वितरण गरेको हो ।

तुलसीपुर ५ सहित शान्तिनगर, दंगीशरण र बबईमा गरि १२ हजार ट्याब्लेट सहयोग गरिएको हो  । तुलसीपुरका अन्य १८ वटा वडालाई पनि केही दिनमा सहयोग गरिने बताए ।