वाईसिएल बबई ७ को अध्यक्षमा घर्ती

तुलसीपुर, २७ पुस । माओवादी केन्द्र निकट योंग कम्युनिष्ट लिग(वाईसिएल) बबई गाउँपालिका वडा नं. ७ को अध्यक्षमा सन्दीप घर्तीलाई चयन गरिएको छ ।

शुक्रबार भएको भेलाले उपाध्यक्षमा प्रवीन बस्नेत, सचिबमा सन्तोष चौधरी, कोषाध्यक्षमा मनकुमारी चौधरी र सहसचिबमा छवि डाँगीलाई चयन गरिएको छ । वाईसिएलका केन्द्रीय अनुशासन आयोग सदस्य मार्सल जीसीको प्रमुख आतिथ्यमा भएको भेलाले २५ सदस्यीय कार्यसमिति चयन गरिएको हो ।


कार्यक्रममा पार्टीका पालिकाका कार्यालय सदस्य दिपक शाह, वाईसिएल बबईका इञ्चार्ज रोशन केसी, अध्यक्ष गोपाल विक, सचिब हुर्मत बुढालगायतको सहभागिता रहेको थियो ।