
दाङ, २३ फाल्गुन ।
दाङको बेलझण्डीस्थित नेपाल संस्कृत विश्वविद्यालयको कुलसचिवमा विवादित प्राध्यापक माधव अधिकारी नियुक्त भएका छन् ।
विश्वविद्यालयका उपकुलपति प्रा.डा. धनेश्वर नेपालको सिफारिसमा कुलपतिसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आज उनलाई कुलसचिव नियुक्त गरेका हुन् । सरकारको नेतृत्व गरिरहेको नेकपा एमालेका महासचिव शंकर पोखरेलका भाञ्जा पर्ने अधिकारीको अघिल्लो कार्यकाल गत कात्तिक १३ सकिएको थियो । त्यसपछि उनी उपकुलपति खाने दौडमा थिए ।
महासचिव मामाको राजनीतिक शक्तिको आडमा कार्यविधि नै उल्टाएर उपकुलपति बन्ने उनको प्रयासमा शिक्षामन्त्री विद्या भट्टराईको साथ मिलेन । अहिले फेरि कुलसचिवमै दोहोरिएका अधिकारीमाथि विश्वविद्यालयका पदाधिकारीलाई धम्काएको, कार्यकारी परिषद्को बैठक चलिरहेको बेला शिक्षाध्यक्षमाथि दुव्र्यवहार गरेको, आर्थिक तथा प्रशासनिक अनियमितता गरेको तथा विश्वविद्यालयमा पार्टीका गुण्डाहरु परिचालन गरेको आरोप छ।
गत असार १४ गते तत्कालीन उपकुलपति प्रा।डा। यादवप्रकाश लामिछानेले विश्वविद्यालयको गरिमामा आँच आउने काम गरेको भन्दै अधिकारीलाई दुई पटक स्पष्टीकरण सोधेका थिए । तर, आफैँ उपकुलपति बन्ने दाउमा रहेका अधिकारीले भने मामा ९पोखरेल० को शक्ति प्रयोग गरेर स्पष्टीकरण सोध्ने लामिछानेलाई नै पदबाट राजीनामा दिन बाध्य पारेको एकथरिको दाबी छ ।
तत्कालीन उपकुलपति लामिछाने भने अहिले अमेरिका भाँसिएको अवस्था छ । विश्वविद्यालयलाई नै बद्नाम गरेका विवादित पात्रलाई सरकारले पुनः कुलसचिव नियुक्त गरेको भन्दै विद्यार्थी र प्राध्यापकहरु भने असन्तुष्ट बनेका छन् । साभारः जन आस्था



लाइभदाङ । २३ फाल्गुन २०८१, शुक्रबार २०:५४ बजे