कुवेतको जेलमा रहेका चौधरीको परिवारलाई संयुक्त एम्बुलेन्स चालक संघद्वारा आर्थिक सहयोग

तुलसीपुर,२९ जेठ ।
वैदेशिक रोजगारको सिलसिलामा कुवेतमा दुर्घटनामा परी जेल जीवन बिताइरहेका दाङका एक युवकको परिवारलाई आर्थिक सहयोग प्रदान गरिएको छ। घोराही उपमहानगरपालिका वडा नं. ८, बुधौरी निवासी संयुक्त एम्बुलेन्स चालक संघका पूर्वजिल्ला सदस्य र्वन चौधरीको परिवारलाई संघले आर्थिक सहायता उपलब्ध गराएको हो।

वैदेशिक रोजगारीका क्रममा कुवेतमा भवितव्य दुर्घटनामा परेपछि चौधरी त्यहाँको सेन्ट्रल जेलमा रहँदै आएका छन् । घरको मुख्य कमाउने व्यक्ति नै जेलमा परेपछि र विदेशबाट कमाइ आउन छाडेपछि उनको परिवार गम्भीर आर्थिक संकटमा परेको थियो।


उनलाई संयुक्त एम्बुलेन्स चालक संघ नेपालका केन्द्रीय सचिवालय सदस्य सुभाष रिजालको संयोजकत्वमा सहयोग रकम संकलन गरिएको थियो। संकलित नगद २० हजार ५०० रुपैयाँ संघका इकाई अध्यक्ष अमरराज कुँवरको हातबाट पीडित परिवारलाई हस्तान्तरण गरिएको छ।
‘मानव सेवा नै सबैभन्दा ठूलो धर्म हो’ भन्ने मूल मर्मलाई आत्मसात सो रकम हस्तान्तरण गरिएको संघले जनाएको छ।