दाङमा अवैध भरुवा बन्दुक बरामद ।

दाङ, २२ जेठ ।
दाङको घोराही उपमहानगरपालिका–१ स्थित रुपा सामुदायिक वनबाट प्रहरीले एक थान अवैध भरुवा बन्दुक बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालय दाङका अनुसार २०८३ जेठ २१ गते प्रहरी चौकी गोग्ली र प्रहरी चौकी रामपुरबाट खटिएको संयुक्त प्रहरी टोलीले नियमित गस्तीका क्रममा उक्त बन्दुक फेला पारेको हो ।


प्रहरी टोलीले सामुदायिक वन क्षेत्रमा गस्ती गर्दै जाने क्रममा बेवारिसे अवस्थामा रहेको एक थान भरुवा बन्दुक बरामद गरेको जनाएको छ । बरामद गरिएको बन्दुक कसले प्रयोग गर्दै आएको हो भन्ने विषय खुल्न नसकेको प्रहरीले जनाएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ । प्रहरीले अवैध हतियार नियन्त्रण तथा शंकास्पद गतिविधिमाथि निगरानी बढाइएको पनि जनाएको छ ।