
तुलसीपुर,८ चैत ।
दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं.१२ ले गर्भवति महिलाहरुलाई स्वास्थ्य सचेतना प्रदान गरेको छ । वडाले शुक्रबार वडा भित्रका सबै गर्भवति महिलाहरुलाई सचेतना प्रदान गरेको हो । धेरै महिलाहरुले गर्भाबस्थामा सचेत नहुँदा बच्चाको समेत स्वास्थ्यमा समस्या हुने गरेको भन्दै बच्चा र आमाको स्वास्थ्यलाई ध्यान दिर्ई यो सचेतना प्रदान गरिएको वडाध्यक्ष खुसीराम चौधरीले बताउनुभयो ।“गर्भाबस्थामा स्वास्थ्य सचेतना अति आबश्यक हुन्छ”,उहाँले भन्नुभयो“त्यसैले आमा र बच्चाको स्वास्थ्यलाई राम्रो बनाउन यो कार्यक्रम गरेका हौं ।”
सडक बनेपछि मात्रै विकास भएको बुझ्ने हाम्रो समाजले यस्ता सचेतना मुलक कार्यक्रमहरुले पनि दीर्घकालिन रुपमा धेरै प्रभाब पार्ने तुलसीपुर उपमहानगरपालिकाका उपप्रमुख स्यानी चौधरीले बताउनुभयो ।“हामीले सडक, भवनहरु बनेपछि मात्रै विकास भयो भन्छौं, विकास पनि त्यसैगरि देखिन्छ”,उहाँले भन्नुभयो“तर, त्यो मात्रै विकास होईन्, सचेतना प्रदान गर्ने कुरा पनि विकास हो, त्यसैले यस्ता कार्यक्रमहरुले पनि दिर्घकालिन रुपमा प्रभाबकारी सन्देश दिन्छ ।”
वडा भित्रका २८ जना गर्भवति महिलाहरु उक्त सचेतना कार्यक्रम प्रदान गरिएको तुलसीपुर १२ स्थित हेमनगर स्वास्थ्य केन्द्रका प्रमुख मोहन कुमार शर्माले बताउनुभयो । उहाँका अनुसार गर्भाबस्थामा खानेकुरा, स्वास्थ्य हेरचाहलगायतका विषयमा उपमहानगरपालिकाका मातृ तथा शिशु कार्यक्रमका फोकल पर्सन राधिका गौतम, स्वास्थ्य अधिकृत मोहन कुमार शर्मा, अनमी रेश्मी बस्नेतले प्रशिक्षण दिनुभएको थियो ।



लाइभदाङ । ८ चैत्र २०८२, आईतवार १८:४५ बजे