दीपक बोहरा
पूर्वमन्त्री लोकेन्द्र विष्ट हालका किसान हुन् । आफूलाई व्यबसायिक कृषक भन्न रुचाउने विष्ट अहिले पनि खेतिमा उत्तिकै ब्यस्त हुन्छन् । नेपालमा ड्रागन फ्रुटको व्यबसायिक खेति भित्र्याउने मध्येका एक हुन बिष्ट । हाल उनले तेस्रो चरणको ड्रागन फलको पर्खाइमा छन् । दुई चरणको ड्रागनको फल भित्र्याएर उनले आम्दानी लिइसकेका छन् । उनी अहिले पनि ड्रागन खेतिमै व्यस्त हुन्छन् । ड्रागनको हेरचाह गरिरहेको भेटिन्छन् ।
उनले दाङमा आएर ड्रागन खेति गरेपछि नयाँ अनुभव लिएका छन् । मन्त्री हुँदा जति क्रेज थियो, अहिले पनि खेति किसानी गर्दा त्यस्तै क्रेज रहेको उनी बताउछन । भन्छन्‘म खेतमा काम गरिरहेको अबस्थामा कसैले देखेमा, भेट्न बोलाईहाल्नु हुन्छ।’ मन्त्री हँुदा जसरी मान्छेहरु भेट्न आउथे, अहिले खेति गर्दा पनि उत्तिकै भेट्न आउने गर्छन् । दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं. १८ विजौरी स्थित घोराही–तुलसीपुर सडक छेउमा कुनै समय बाँझो रहेको जग्गालाई उनै विष्टले हराभरा बनाए । ड्राग्रन खेतिकालािग त्यो भूमि त्यति उपयुक्त होईन्, किनकी त्यसकालागि बलौटे माटो चाहिन्छ । तर, पनि मेहनत गर्दा भने त्यसले राम्रै आम्दानी दिने रहेछ, भन्ने एउटा उदाहरण विष्ट पनि हुन् ।
यसअघि उनले दुईलट विक्री गरिसकेका छन् । अब तेस्रो लटको पर्खाइमा छन् ।‘अहिले हामीले जति मेहनत यो जग्गामा गरेका छौं, त्यति मेहनत बलौटे माटोमा गरेको भए झनै धेरै आम्दानी गर्न सकिन्थ्यो’, उनी भन्छन्‘तर, यसमै पनि निकै मेहनत हामीले ग¥यौं, त्यसैले आम्दानी राम्रै दिने गरेको छ ।’ ड्रागनफ्रुट जेठदेखि असोज÷कात्तिकसम्म फल्छ । यो प्रायः रातिमा फल्ने भएकाले पनि ‘रातकी रानी’ भनेर पनि नाम दिईएको छ । यो फल मात्रै होईन्, विरुवाबाट पनि विष्टले आम्दानी दिने गरेका छन् । अहिलेसम्म उनले दुई लटमा गरेर सरदर २०÷२० लाख आम्दानी गरेको बताउछन् । एक सिजनमा २८–३० क्वीन्टल उत्पादन हुने गरेको छ । विरुवाबाट त्यस्तै ५ लाख जति आम्दानी भएको उनी बताउछन् । अहिले उनले उत्पादन गरेका विरुवा दाङ मात्रै होईन्, बाहिरी जिल्लामा पनि उत्तिकै विक्री भयो । फल्दै गरेको ड्रागन बेच्दै गर्दा भाइरल बनेका विष्टलाई उत्पादन भएको फल बेच्न त्यति कठीनाई भएन भने, विरुवा बेच्न पनि सहजै भयो । किनकी एकसमय ड्रागन खेतिले नै विष्ट भाइरल बने । सबैले यो खेतिका बारेमा चासो राखे । सबैले यो घर–घरमै यो खेति गर्न चाहे । स्वास्थ्यका हिसाबले बहुउपयोगी मानिने यो फल सबैले घरमा लगाए । दुई लट भाईरलै–भाइरलमा विक्री भएको ड्रागनफलले तेस्रो लटमा कत्तिको बजार पाउँछ, त्यो भने विष्टले पर्खिरहेका छन् । उनी भन्छन्‘बजार राम्रो छ, यहाँबाट काठमाडौं लगायत पनि पुग्ने गर्छ, बजारीकरणकालागि समस्या छैन ।’
करिब एक करोड लगानी गरेर विष्टसहित तीन जनाले व्यबसायिक ड्रागन खेति गरेका हुन् ।
राजनीतिक ‘लत’ले छोडेन
उनले राजनीतिबाट पूर्ण रुपमा ‘रिटायर्ड’ भएपनि राजनीतिक लत भने छोडेका छैनन् । उनी नेपालको राजनीतिलाई नजिकबाट नियालिरहेका छन् । यसको एउटा प्रमाण सामाजिक सञ्जालनमा उनले दिने अभिब्यक्तिले पनि प्रष्ट हुन्छ । समसामयीक राजनीतिका विषयमा प्रत्येक दिन केही न केही स्टाटस् आइरहेका हुन्छन् । तर, भन्छन् ‘अब म राजनीतिमा सक्रिय भएर लाग्दिन, अब मेरो पेशा भनेको कृषि नै हो ।’ उनले कृषिलाई राजनीति अड्ने घरका रुपमा बर्णन गर्छन् । राजनीति भनेको कृषिको धुरी भएको प्रतिक्रिया दिए ।‘अर्थतन्त्र भनेको राजनीतिको जग हो, कृषि भनेको हाम्रो जग हो’, उनले भने‘ जब हामी कृषिलाई परित्याग गरेर राजनीति गर्छौं, त्यो राजनीति हुँदैन, त्यो त लाजनीति हुन्छ ।’
भाषणमा समाजवादका कुरा गर्ने तर, श्रम गरेर खाने वर्गलाई हेप्ने प्रबृति छ, यो सर्वहारा बर्गका प्रतिध्रुबिय वर्गले अंगाल्ने चिन्तन रहेको उनी ठान्छन् । उनी राजनीति विनाको कृषि र कृषि विनाको राजनीति सम्भव ठान्दैनन् । तर, आफ्नो कृषि पेशालाई राजनीति संग जोड्ने नहुँने बताउछन् ।‘म अब सक्रिय राजनीतिमा आउछिन्’, उनी भन्छन्‘मेरो पार्टी भनेको यही कृषि पार्टी हो ।’ सत्ता सञ्चालनको विधि राजनीति भएको भन्दै उनले अन्य विकसित मुलुकले पनि राजनीति गर्ने तर, कृषि पेशालाई नछोडेको अबस्था छ, तर नेपालका ठीक उल्टो भएको उनी बताउछन् ।
राजनीति आजीवनको पेशा होईन
आजीवन राजनीति गर्ने प्रबृतिको उनी घोर विरोधी हुन् । राजनीति भनेको आजीवनको पेशा नभइ यो आबधिक हुने बताउछन् । भन्छन्‘ राजनीति भनेको आजीवनको पेशा, व्यबसाय, कसैको ठेक्का–पट्टा, रोजगारी होईन्, यो त आबधिक समाजसेवा हो ।’ राजनीति भनेको निःशुल्क, निसर्त, निःशूल्क हुने बताउछन् । तर, अहिले त आफूविना राजनीति नै नचल्ने जस्तो प्रबृति रहेको भन्दै यसको आफू निकै विरोधी रहेको समेत बताए ।
विष्ट दुई पटक मन्त्री भइसकेका व्यक्ती हुन् । पहिले पटक स्वास्थ्य मन्त्री भएका उनी दोस्रो पटक पर्यटन मन्त्री भएका थिए । माओवादीको १० बर्ष जनयुद्ध सुरुवात गर्ने १९ केन्द्रीय सदस्य मध्ये एक हुन् । जतिबेला उनलाई ‘अभ्यास’ उपनामले चिनिन्थ्यो । आफू ५५ बर्ष हुँदासम्म राजनीति गरेको र अब बाँकी जीवन कृषिलाई समर्पित गर्ने उनले भनिरहेका छन् ।‘मैले राजनीतिमा ५५ बर्ष राजनीतिलाई समय दिएँ , अब बढि बाँचे २०÷२२ बर्ष बाँचुला’,उनले भने‘ अब मैले सचेत ढंगले राजनीति छोड्नु पर्छ, भनेर नै यो पेशा अंगालेको हुँ, अब राजनीतिमा नयाँ मान्छे आउनु पर्छ, नेतृत्व विकास गर्नुपर्छ, भन्ने मेरो बुझाई हो ।’
कम्युनिष्ट पार्टीको सदस्यता लिने रहर भने हटेन
राजनीति छोडेको भनेपछि अझै पनि पार्टीको सदस्यता बन्ने रहर भने मेटिएको छैन । उनले अलि बढि क्रान्तिकारी र इमान्दारिता देखिएको भने कम्युनिष्ट पार्टीको सदस्यता भने लिने अझै पनि इच्छा छ ।‘ मर्नेबेलामा साथीहरुले यो हाम्रो सदस्य हो भनेर झण्डा ओडाईदेलान’,उनलेभने‘त्यही झण्डाकालागि जिन्दगी राजनीतिमै समर्पन गरियो, अब मर्ने बेला झण्डा किन छोड्ने, त्यसैले तुलनात्मक रुपमा अलि क्रान्तिकारी जस्तो देखिने एउटा कम्युनिष्ट पार्टीको सदस्यता लिएर मर्ने रहर छ ।’ तर, उनले राजनीतिप्रति भने वितृष्ण पैदा भएका बढि कुरा गर्छन । राजनीति समाजसेवा भन्दा पनि कमिसनखोरी भएको भन्दै राजनीतिबाट टाढा हुनुपर्ने एउटा कारण रहेको बताउछन् ।
त्यतिमात्रै होइन्, राजनीतिमा षडयन्त्रमय, रहस्यमय हुने गरेको पनि बताउछन् । भन्छन्‘ पार्टीका शीर्ष नेतृत्व भित्रका मान्छेले मात्रै बुझ्ने र अरुले नतमस्तक भएर तालि पिट्नु पर्ने अबस्था छ, सर्वहारा वर्गको पार्टीमा यस्तो हुनु एकदर्म गलत हो ।’ उनले राजनीति र अपराधबीचमा कुनै भिन्नता नभएको, सर्वहारा, श्रमजीवी वर्गको विरोधी जस्तो देखिएको उनी बताउछन् । अहिले पनि आफूलाई राजनीतिमा आउनु पर्छ, भनी धेरैले आग्रह गर्ने गरेको उनले बताए । तर, उनलाई सक्रिय राजनीतिमा आउन इच्छा छैन । त्यसरी इच्छा मर्नुमा अहिलेको निर्वाचन प्रणाली पनि रहेको उनी बताउछन् ।‘निर्वाचन नै लड्दा ४÷५ करोड खर्च हुन्छ,अझ त्यतिले पनि पुग्दैन’,उनले भने‘ हामीले जनयुद्ध सुरु गर्दा मकै,भटमास खाएर त्यतिबेलाको राप्तीसहित जाजारकोट, डोल्पा, कालिकोटमा संगठन निर्माण गरेका थियौं, तर, अब त्यस्तो राजनीति रहेन, अब त्यो कल्पना पनि गर्न सकिने अबस्था रहेन ।’
उनले अहिले चर्चामा रहेको एमसीसीका बारेमा पनि चासो राखे । यो एमसीसी चीनको काउन्टरमा ल्याउन लागिएको प्रतिक्रिया दिए । ‘ एमसीसी नेपालको काँधमा बन्दुक राखेर चाइना तिर पड्काउन आएको हो’,उनले भने‘ किनभने चीनले वानवेल्ट एण्ड वान रुट ल्याएपछि त्यसको काउन्टरमा एमसीसी आएको हो ।’ चाईनाले विकास गरेर अघि बढेको अमेरिकालाई खपिनसक्नु भएर एमसीसी ल्याएको उनको भनाई छ ।
लाइभदाङ । २५ माघ २०७८, मंगलवार ११:१० बजे