वडा–वडामा सडक कालोपत्रे गर्दै उपमहानगर

दाङ, २१ चैत ।
दाङ तुलसीपुर उपमहानगरपालिका वडा नं.१२ को पुकार पसलदेखि सिद्धार्थ चोकमा सडक कालोपत्रेको काम सकिएको छ । त्यहाँ ४९० मिटर सडक कालो पत्रे भएको हो । त्यस्तै सोही वडाको अशोक चोकदेखि सिदार्थ चोकसम्मको ४८० मिटर सडक पनि कालो पत्रे भएको छ, भने कपडादेवीदेखि चौधरी गाउँसम्मको ३६० मिटर सडक कालो पत्रे भएको छ ।

यस्तै तुलसीपुर उपमहानगरपालिका वडा नं.६ प्रगतिनगर टोलको ३६० मिटर सडक कालोपत्रे भएको छ, भने तुलसीपुर ५ को भुह्यार थानदेखि पूर्व तर्फ गएको सडक १९० मिटर सडक कालोपत्रे भएको छ । त्यस्तै तुलसीपुर ८ अस्वारादेखि हरियाली पार्क जाने १५० मिटर सडक कालोपत्रे भएको छ ।


गाउँ–गाउँमा यस्तै थुप्रै सडकहरू कालोपत्रे भएका छन् । चालु वर्षमा ४५ किलोमिटर सडक कालोपत्रे गर्ने लक्ष्य अनुसार ५ करोड बजेट छुट्याएको तुलसीपुर उपमहानगरपालिकाका इन्जिनियर पवन कुमार योगीले बताए । विकास प्राधिकरण मार्फत ति सडकहरू कालोपत्रे गरिएको हो ।“सबै वडामा कालोपत्रे सडक पु¥याउनकालागि विकास प्राधिकरण मार्फत काम भइरहेको छ”,उनले भने “सडक कालोपत्रेको काम धमाधम भइरहेको छ ।” चालुवर्षको हालसम्म ६ किलोमिटर सडक कालोपत्रे भइसकेको छ ।

विभिन्न २६ वटा सडक कालोपत्रेको काम भइरहेको उनले बताए । सडक सञ्जाल नै विकासको एउटा आधार भएकाले यसको विस्तारकालागि उपमहानगरपालिका सक्रिय भएर लागेको उपप्रमुख स्यानी चौधरीले बताईन् । उनका अनुसार सडक गुणस्तरीयतामा पनि उत्तिकै ध्यान दिईएको छ । सडक कालोपत्रे मात्रै गरेर नहुँने भन्दै त्यो सडक स्तरीय भएमा दीगो हुने र नागरिकलाई सहज हुने बताईन् । सोही अनुसार आफूहरूले अनुगमन गर्ने कार्य जारी राखेको समेत उनले बताईन् । साभारः अग्रिम साप्ताहिक