
दाङ,१९ जेठ ।
कुनै समय खेती गर्ने समयमा थारु समुदायमा ‘सज्ना’ गीत गाउने चलन थियो । घर भन्दा बाहिर गएका श्रीमानलाई महिलाहरुले गीत मार्फत बोलाउने थारु समुुदायको चलन थियो । खेत जोत्नकालागि हलो,जुवा जस्ता सामग्री ल्याउन बन गएका श्रीमानलाई गीत मार्फत बोलाउने चलन रहेको भएपनि अहिले भने हराउँदै गएको थारु अगुवा जीवराज चौधरीले बताए । उनका अनुसार वैशाखदेखि असारसम्म यसरी गीत गाउने गरिन्थ्यो ।
“जेठ देखि असारसम्म खेति गर्ने सिजन हो”,उनले भने “यसरी खेति गर्ने समयमा महिलाहरुले यो ‘सज्ना’ गीत गाउने गर्थे, तर अहिले हरायो ।” बसन्त ऋतु लागेपछि गाइने यो गीत पछिल्लो समय हराउँदै गएको अर्का थारु अगुवा रोहित चौधरीले बताए । उनका अनुसार यो थारु समुदायको पहिचान भएपनि पछिल्लो समय हराउँदै गएको भन्दै यस्ता परम्पराको संरक्षण आबश्यक रहेको समेत बताए ।
थारु समुदाय कला, संस्कार, संस्कृतिका हिसाबले धनी समुदाय भएपनि यस्ता कुराहरु बिर्सिदै गएमा पहिचान नै मेटिने डर रहेको उनको भनाई छ । “थारु समुदाय पहिचान, संस्कार, संस्कृतिका हिसाबले धनी समुदाय हो”,उनले भने “ तर, यस्ता कुराहरु बिर्सिदै गएमा हाम्रो पहिचान पनि लोप हुन्छ, यस तर्फ ध्यान दिनुपर्छ ।”



लाइभदाङ । १९ जेष्ठ २०८३, मंगलवार ०५:५० बजे