
दाङ,१६ जेठ ।
राप्ती स्वास्थ्य बज्ञिान प्रतष्ठिानमा मुख तथा अनुहार सम्वन्धि शल्यचिकित्सा चालु आर्थिक वर्षको बैशाख महीना भित्र एक सय ४४ जना विरामीको सफलतापुर्वक सम्पन्न भएको छ । मुख तथा अनुहार शल्य चिकित्सक डा। निरोज खनाल, दन्त रोग विशेषज्ञहरु डा।लोचना आचार्य, डा। आश्मा ओझा, डा। शुभेच्छा पाण्डे, डा।अश्मी वराल, डा। करीष्मा भण्डारी, डा।आकृति खड्गासहीतको नर्स, स्वास्थ्यकर्मिको टोलिले दात, अनुहार तथा मुख सम्वन्धी शल्यकृया गर्दै आएको छ । प्रतिष्ठानले दिएको जानकारी अनुसार बैशाख महीनामा दन्त विभागको ओपिडिवाट ८ सय ९२ जना विरामीले दात सम्वन्धि उपचार सेवा पाएका छन् । त्यसमध्ये ४ सय ५३ नयाँ विरामीले सेवा पाएका छन् । जसमा सामान्य तथा जरैदेखी उपचार गर्नेमा १ सय ३२ जना, कृतिम अस्थायी तथा स्थायी दात लगाउने ४ सय ८१ जना, बाङ्गो टीङ्गो दात मिलाउने १ सय ५१, दाँत सफा गर्ने २ सय ५१, बच्चाको दुधे दाँत उपचार ३ सय ५१ जनाले सेवा लिएका थिए । त्यस्तै मुख तथा अनुहार शल्यचिकित्सा सम्बन्धी गम्भीर प्रकृतिको ५ जना, सामान्य ६३, दाँत निकाल्ने सेवा ७६ जनाले सेवा लिएका थिए । साथै दन्त विभागले विगत एक वर्षदेखि विभिन्न सामुदायिक तथा संस्थागत विद्यालयमा दाँत रोग सम्बन्धी जनचेतना फैलाउन दन्त रोग शिविर चलाउँदै आएको छ ।
यसैबीच अत्याधुनकि दातसहति मुखकै सिटि स्क्यान गर्ने मेसनि आएपछि दाँतको उपचार सेवा प्रभावकारी बन्दै गएको छ । स्वास्थ्य मन्त्रालयको नर्दिेशन अनुसार आपुर्ति महाशाखाले दातसहित मुखको सिटि स्क्यान गर्ने गरि सिबिसिटि मेसिन पठाएको थियो । सिबिसिटि मेसिन अत्याधुनिक प्रबिधिको रहेको र यसले दातसहति मुखको उपचारमा सहयोग पुर्याउने अपेक्षा लिईएको छ । प्रतिष्ठानका निमित्त कार्यालय प्रमुख, निर्देशक तथा सह—प्राध्यापक डा सुरेश रसाइलीले स्वास्थ्य मन्त्रालयले आपुर्ति महाशाखाबाट मेसनि खरीद गरेर पठाई दिएर निकै सहयोग पुर्याएको भन्दै दात र मुखको शल्यकृया गर्दा सिबिसीटि मेसिन अत्यन्तै उपयोग हुने बताउनुभयो । पश्चिम नेपालमा सरकारी अस्पतालमा पहिलोपटक मेसिन दाङको प्रतिष्ठानमा आएको छ । दात र मुखको सिटि स्क्यान गर्न दाङ बाहिर अब जानुपर्दैन, सामान्य किसिमको ओबिजि मेसिन प्रतिष्ठानमा थियो, तर, यो अहिले चालु अबस्थामा रहेको मेसिन अत्याधुनकि प्रबिधिको हो, दातको मात्रै होइन, मुखको पुरै भाग सिटि क्यान गर्न मेसिनबाट गर्न सकिन्छ, उपचारमा धेरै नै सहयोगि भइरहेको छ यो मेसिन( दन्त रोग विशेषज्ञ डा। निरोज खनाल भन्नु भयो(ञ यो मेसिनबाट थ्री डि इमेज हेर्न सकिनेछ । झ



लाइभदाङ । १६ जेष्ठ २०८३, शनिबार १८:०६ बजे