प्रमाण नभेटिएपछि मालपोत तुलसीपुरबाट पक्राउ परेका ८ जना छुटे, दुई जना सेवाग्राही पनि पक्राउ

दीपक बोहरा
तुलसीपुर, २२ चैत । दाङको तुलसीपुर स्थित मालपोत कार्यालयबाट विचौलियाको नाममा पक्राउ परेका ८ जना ब्यबसायी छुटेका छन् ।

आईतबार कार्यालयबाट बिचौलिया भन्दै पक्राउ परेका उनीहरुबाट कुनै प्रमाण नभेटिएपछि प्रहरीले सोही दिन साँझ छोडेको हो । प्रहरीले कार्यालयबाट दुई जना सेवाग्राहीलाई समेत विचौलिया भन्दै पक्राउ गरेको थियो ।


दुई जना सेवाग्राहीलाई पक्राउ गरेको आधा घण्टामै छोडिएको थियो, भने परिचय पत्र भएका अन्य भूसेवाका ब्यबसायीहरुलाई अनुसन्धान पछि आईतबार साँझ पक्राउ गरेको हो । पक्राउ पर्नेमा ब्यबसायी सेवकराम आचार्य, निमकान्त लामिछाने, अरुण चौधरी, रामबहादुर चौधरी, विनिराम बस्नेत, प्रदिप कुमार रेग्मी, प्रमोद अधिकारी र माधव भण्डारी रहेका छन् ।

सरकारले नै अनुमति दिएर आफूहरु भू–ब्यबसायमा लागेको भएपनि प्रहरीले यसरी धरपकट गर्नु गलत भएको अध्यक्ष विनोद न्यौपानेले बताए । आफ्नो अधिकार भित्र रहेर काम गर्दा पनि यसरी सरकारले हस्तक्षेप गर्ने कार्य गलत भएको उनको भनाई छ ।