
काठमाडौं,१५ जेठ ।
आर्थिक वर्ष २०८३र८४ मा स्वास्थ्य क्षेत्रका लागि १ खर्ब १ अर्ब ९५ करोड बजेट विनियोजन गरिएको छ ।
आगामी आर्थिक वर्षका लागि बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले यसबारे उक्त घोषाण गरेका हुन् ।
आर्थिक वर्ष २०८२/८३ का लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई ९५ अर्ब ८१ करोड बजेट छुट्याइएको थियो । नर्सहरूको नाइट ड्युटी भत्ता १०० प्रतिशत वृद्धि गर्ने घोषणा सरकारले गरेको छ ।
यसैगरि महिला स्वास्थ्य स्वयंसेविकाको यातायात भत्ता पनि बढाउने घोषणा सरकारले गरेको छ ।



लाइभदाङ । १५ जेष्ठ २०८३, शुक्रबार १७:५४ बजे