रासायनिक मल खरिद गर्न ३२ अर्ब ४६ करोड बजेट

काठमाडौं,१५ जेठ।
सरकारले रासायनिक मल खरिदका लागि ३२ अर्ब ४६ करोड रुपैयाँ विनियोजन गरेको छ ।

अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष २०८३–८४ को बजेट वक्तव्यमार्फत रासायनिक मल आपूर्ति क्यालेन्डर तयार गरी मुख्य खाद्यबाली लगाउने समयमा सहज वितरण हुने व्यवस्था मिलाइने बताए ।