दोश्रो हिरा डाँगी स्मृति कप फुटबल जारी, ज्ञानज्योति सेमिफाइनलमा

लक्ष्मण बस्नेत
तुलसिपुर, ४ फागुन ।
दाङ तुलसिपुरको अरनिको सर्वाधिक पुरस्कार राशिको दोश्रो हिरा डाँगी स्मृति कप आमन्त्रित फुटबल प्रतियोगिता २०७९ मा ज्ञान ज्योती ईनोभेटिभ फुटबल क्लब सेमिफाइनलमा प्रवेश गरेकोछ।

हिरा डाँगी फाउण्डेसन तुलसीपुर ५ को आयोजनामा संचालित प्रतियोगिता अन्तरगत आज बिहिबार सम्पन्न आफ्नो पहिलो खेलमा युनबिसी घोराहीलाई ट्राईवेकरमा ३-२ गोल अन्तरले पराजित गर्दै ज्ञानज्योतिले सेमिफाइनल यात्रा तय गरेको हो । उल्लेख्य दर्शकले भरिएको अरनिको मैदानमा भएको कडा प्रतिस्पर्धात्मक र रोमाञ्चक खेलको निर्धारित समय सम्म १–१ गोलको बरबरी भएपछी खेलको नतिजा ट्राईवेकरबाट निकालिएको थियो ।

स्थानीय स्तरमा फुटबल खेलको पहुँच अभिवृद्धि गर्ने र व्यवसायिक फुटबल खेलको विकासमा थप टेवा पु¥याउने उदेश्यका साथ आयोजना गरिएको प्रतियोगितामा शुक्रबार सल्यान फुटबल क्लब र ईन्डिया लखनउको साहारा फुटबल क्लब भिड्ने छन् । खेल दिउँसो ३ बजे हुनेछ ।


प्रतियोगितामा उपाधि चुम्ने टिमले नगद १ लाख ५१ हजार पुरस्कार, कप, मेडल, प्रमाणपत्र हात पार्नेछ । त्यस्तै उपविजेताले नगद ७५ हजार ५ सय, कप ,मेडल, प्रमाणपत्र हात पार्ने छ ।

त्यस्तै प्रतियोगिता अवधिभर सर्वोत्कृष्ट खेल प्रर्दशन गर्ने व्यक्तिगत बिधा तर्फ सर्वोउत्कृट खेलाडी,उत्कृष्ट गोलकिपर र सर्वाधिक गोलकर्ताले जनही ३ हजार ट्रफि र प्रमाणपत्र हात पार्नेछन ।

त्यस्तै प्रत्येक म्याचको म्यान अफ द म्याच घोषित हुने खेलाडीलाई केही नगद सहित ट्रफीको व्यवस्था गरिएको आयोजकले जानकारी दिएकोछ ।