तुलसीपुरमा मोटरसाईकलको ठक्करबाट घाइते वलीको मृत्यु

तुलसीपुर, ९ असोज ।
दाङको तुलसीपुरमा मोटरसाईकलले ठक्कर दिदा गम्भिर घाइते भएका वलीको मृत्यु भएको छ । रा १ प ८६२३ नम्बरको मोटरसाईकलको ठक्करबाट गम्भिर घाइते तुलसीपुर उपमहानगरपालिका–४ निबासी ५९ बर्षका शालिकराम वलीको गएराति साढे ११ बजे मृत्यु भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपी पुष्पराज मल्लले जानकारी दिनुभयो ।

घाइते वलीको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचारपछि थप उपचारका लागि नेपालगंज लग्ने क्रममा तुलसीपुरको टरिगाउँ एयरपोर्ट नजिकै मृत्यु भएको हो । ठक्कर दिने मोटरसाईकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । मोटरसाईकलले तुलसीपुरको शितलपुर चोकमा हिजो साँझ ७ : ४५ बजे ठक्कर दिएको थियो ।