पूरक वातावरण प्रभाव मूल्यांकन गर्न नपर्ने व्यवस्था गर्दै सरकार

काठमाडौं,१५ जेठ।
सरकारले स्वीकृत वातावरण प्रभाव मूल्यांकन प्रतिवेदनमा उल्लेखित वनको क्षेत्र वा कटान हुने रुखको संख्या घटेको अवस्थामा पनि पूरक वातावरण प्रभाव मुल्यांकन (ईआईए) गर्ननपर्ने व्यवस्था गर्न लागेको छ ।

आर्थिक वर्ष २०८३/०८४को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले यस्तो जानकारी दिएका हुन् । मौजुदा कानुनमा ईआईएका आधारमा आयोजना निर्माण गर्ने क्रममा रुख कटानको साविकमा भएको स्वीकृत संख्यामा घटी-बढी रहेकोमा घटी हुँदा पनि पूरक ईआईए गर्नुपर्ने व्यवस्था छ ।


यसले आयोजनाको काममा ढिलाइ हुने गरेको भन्दै पूरक ईआईए आवश्यक नपर्ने गरी कानुन बनाउन लागिएको हो । सरकारले वातावरणलाई भन्दा विकासलाई जोड दिने संकेत गरेको छ । बजेट वक्तव्यमा भनिएको छ, ‘विकास र वातावरणबीच द्वन्द्व होइन सामान्जस्य स्थापित गर्नेतर्फ सरकार सचेत रहने छ । त्यसका लागि वातावरण ऐन २०७६ र वन ऐन २०७६ परिमार्जन गरिने छ ।’

विकास निर्माणका क्रममा गर्नुपर्ने रुख कटान प्रक्रियालाई सहज बनाइने अर्थमन्त्री वाग्लेले उल्लेख गरे ।