
तुलसीपुर, ३१ वैशाख । तुलसीपुरका ब्यबसायी नगरबहादुर ओली दम्पतीको निधनप्रति नेपाल उद्योग ब्यापार महासंघले दुःख ब्यक्त गरेको छ ।
तुलसीपुरका प्रतिष्ठित कपडा ब्यबसायी ५० वर्षीय नरबहादुर ओली र उनकी श्रीमति लिला ओलीको सोमबार स्कारपियो दुर्घटनामा परि निधन भएको प्रति दुःख ब्यक्त गरेको हो ।
संगठनका जिल्ला डिल्ली बहादुर वली, नगर अध्यक्ष र नगर अध्यक्ष घनश्याम डाँगीले एक शोक बक्तब्य जारी गरि ओली दम्पतिको निधनले तुलसीपुरको ब्यबसाय क्षेत्रमा क्षति पु¥याएको बताएका छन् ।
उनीहरुको सोमबार रुकुम पश्चिम सानीभेरी गाउँपालिका वडा नं. १० सार्कीमारेमा कुलपुजा सकेर घर फर्किने क्रममा सोही ठाउँको तिमिलेमा भएको स्कारपियो दुर्घटनाबाट निधन भएको हो ।




लाइभदाङ । १ जेष्ठ २०८२, बुधबार १०:५७ बजे