
दाङ,२५ साउन ।
श्री माध्यमिक विद्यालय सौडियार दाङमा निर्माणाधीन सभाहलको आय ब्यय सार्बजनिक गर्न सार्बजनिक सुनुवाई कार्यक्रम हुने भएको छ । यहि भदौ ६ गते शनिबार बिहान ११ बजेदेखि सार्बजनिक सुनुवाइ कार्यक्रम राखीएकाले उपस्थितिका लागि सबैमा मुल आयोजक समितिले आग्रह गरेको छ ।
सभाहल निर्माणको कार्य अन्तिम चरणमा पुगेको र सभा हलको अनुगमन एवं अन्तरक्रिया कार्यक्रम समेत शनिबार सम्पन्न गरिएको छ । श्रीमद ज्ञान महायज्ञ मुल आयोजक समितिका संयोजक निशानदाजु भट्टराईको अध्यक्षता सह संयोजक तथा घोराही ७ का वडा अध्यक्ष खोपिराम चौधरीको प्रमुख आतिथ्यता एब पुर्ब बिब्यस अध्यक्ष तथा अनुगमन समितिका संयोजक भिमप्रकाश खड्का, घोराही ७ का वडा सदस्यहरु लौटन चौधरी र चिजबहादुर चौधरीको बिशिस्ट आतिथ्यतामा समिक्षा तथा सार्बजनिक सुनुवाई तयारि बैठक भएको हो । सो अवसरमा महिला नेतृ कमला थापा, सभाहल निर्माण उप समितिका अध्यक्ष मंगलराम डागि, स्वास्थ्य उप समितिका सह संयोजक भिमकान्त भण्डारी, माबि सौडियारका बिब्यस अध्यक्ष ईश्वरि बुढा, बिद्यालयका निमित्त प्रअ नन्दबहादुर वलि, चन्दादाताको तर्फबाट छबिलाल अधिकारी लगायतकाले आ(आफ्नो धारणा राख्दै सार्बजनिक सुनुवाइलाई भब्यरुपमा सफल पार्न सबै तयारी गर्नुपर्ने बिचार राख्नु भयो । कार्यक्रमको सन्चालन सहायक प्रअ दामोदर पाण्डेले गर्नुभएको थियो ।



लाइभदाङ । २५ श्रावण २०८३, सोमबार १५:०७ बजे