नेपाल टेलिकमको ३४ प्रतिशत सेयर सर्वसाधारणलाई दिइने

काठमाडौं,१५ जेठ ।
सरकारले नेपाल टेलिकमको ६६ प्रतिशत सेयरमात्र सरकारसँग कायम राखेर बाँकी सेयर जनस्तरमा बिक्री गर्ने भएको छ ।

बजेट भाषणको क्रममा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बाँकी सेयर पुस मसान्तभित्र जनस्तरमा बिक्री गर्ने घोषणा गरेका हुन् । सेयर बिक्रीबाट प्राप्त रकमलाई नेपाललाई टेक हब बनाउन उपयोग गर्ने बताइएको छ ।


‘नेपाल टेलिकमको ६६ प्रतिशत सेयर कायम राखी बाँकी सेयर पुस मसान्तभित्र जनस्तरमा बिक्री गर्ने र प्राप्त रकम नेपाललाई टेक हब बनाउने उपयोग गर्नेछौँ,’ बजेट भाषणको क्रममा वाग्लेले भनेका छन् ।