जुरपनिया–मैनतारा खानेपानीको नयाँ कार्यसमिति चयन

तुलसीपुर,१० जेठ ।
तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १८, दुधरासस्थित जुरपनिया–मैनतारा खानेपानी उपभोक्ता तथा सरसफाइ उपभोक्ता समितिको नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरिएको छ ।

शनिबार सम्पन्न भेलाले शेषमणी कवरको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । समितिको उपाध्यक्षमा बिशेषण वली, सचिवमा दामोदर वस्नेत र कोषाध्यक्षमा माधव वली चयन हुनुभएको छ ।


यस्तै कार्यसमिति सदस्यहरूमा पातली सार्की, हाँसीराम नेपाली, देवराज वली, बिर बहादुर नेपाली, दलजीत वली, छबि घर्ती र इन्द्रबहादुर बस्नेत सर्वसम्मत चयन हुनुभएको निर्वाचन समितिका संयोजक रामबहादुर ओलीले बताउनुभयो ।

नवनिर्वाचित समितिले दुधरास क्षेत्रका उपभोक्ताहरूलाई स्वच्छ र नियमित खानेपानी वितरण गर्नुका साथै सरसफाइका क्षेत्रमा थप प्रभावकारी काम गर्ने प्रतिबद्धता जनाएको छ । ८५० भन्दा बढी धारा बितरण गर्दै आइरहेको यस खानेपानीको क्षेत्र तुलसीपुर १७,१८ र १९ रहेको सचीव दामोदर बस्नेतले बताउनुभयो ।