तुलसीपुर, २२ वैशाख ।
दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं. ९ स्थित भगवती टोल विकास संस्थाको भवनमा आगजनी भएको एक महिना पुग्दा पनि दोषी पत्ता लागेका छैनन् । अज्ञात समूहले १८ चैतको राति आगजनी गर्दा टोलका महत्वपूर्ण कागजात तथा कुर्सी,टेबल,दराजलगायतका सामग्री जलेर नष्ट भएका थिए ।
आगजनी भएपछि टोलले संकास्पद तीन जना विरुद्ध ठाडो निवेदन इलाका प्रहरी कार्यालय तुलसीपुरमा दर्ता गरेको थियो । जग्गा किनबेच गर्नेहरुको विवादले गर्दा भवनमा आगलागी भएको हुन सक्ने आशंका सहित टोलले निवेदन दिएको थियो । तर,उनीहरु विरुद्धको प्रमाण नपुगेकाले पुनः अर्को निवेदन दर्ता गराएको टोलका अध्यक्ष कुवेरनाथ योगीले बताए । त्यसपछि , त्यो निवेदन फिर्ता लिएर पुनः दोस्रो निवेदन दर्ता भएको छ । टोलका अध्यक्ष कुवेर नाथ योगीले निवेदन दर्ता गराएका छन् ।
ठाउँको जग्गा रेणु शाहले लोकबहादुर शाहीलाई विक्री थिएका थिए । एकसय १३ मिटर जग्गा शाहीले किनेर पनि प्लटिङ गरि बिभिन्न ब्यक्तीलाई विक्री गरेका थिए । तर, त्यही विक्री गरिसकेको जग्गाबाट शाहले ४१ मिटर जग्गा मेरो हो भनी, २५ मिटरमा लगाईएको तरकारी खेति समेत नष्ट गरिएको थियो ।
१८ गते केही युवाहरुले डोजर ल्याएर तरकारी खेति समेत नष्ट गरेका थिए । सोही दिन राति नै उक्त टोल विकास संस्थाको भवनमा आगजनी गरिएको थियो । ११३ मिटर जग्गा अन्तरगतमा टोल विकास संस्थाको भवन पर्दछ । प्रमाण नष्ट गर्ने नियतले आगजनी गरिएको हुन सक्ने अध्यक्ष योगीले बताए ।
लाइभदाङ । २१ बैशाख २०८१, शुक्रबार १७:३८ बजे