
तुलसीपुर, ९ जेठ ।
दाङको तुलसीपुर स्थित राप्ती प्रादेशिक अस्पतालको जग्गा पुन नाँपजाँच गर्न रानीजरुवा आसपासका टोल विकास संस्थाहरुले माग गरेका छन् । अस्पताल विकास समितिसहित उपमहानगरपालिका र वडा कार्यालयलाई ज्ञापन पत्र बुझाउँदै यस्तो माग गरेका हुन् । यस अघि अस्पतालले छुट्याएको जग्गा भन्दा केही हाल मात्रै गरिएको नाँपजाँचले केही पश्चिम तिर पनि पर्ने भन्ने कुरा आएपछि त्यसलाई पुनः नापजाँच गर्न माग गरेका हुन् । अस्पतालले आफ्नो जग्गा छुट्याएर तटबन्ध समेत गरिसकेको अबस्थामा अहिले पुनः नाप गरेको अबस्थामा जग्गा बढेको छ । त्यसले गर्दा राज्यको खर्च समेत बढ्ने टोल विकास संस्थाहरुको भनाई छ ।
टोल विकास सस्थाहरु अस्पताल पुगेपछि अस्पताल विकास समितिका अध्यक्ष महेन्द्र लामिछानेले यस अघि नापजाँच गरेको प्रतिवेदन प्राप्त भएपछि जग्गा मिचिएको पाईएमा पुनः नापजाँच गर्ने प्रतिबद्धता जनाए । हाल रानीजरुवाका पक्की घरहरु समेत अस्पतालको जग्गामा बनेको हुन सक्ने गरि प्रारम्भीक अनुमान गरिएको छ ।



लाइभदाङ । ९ जेष्ठ २०८३, शनिबार ०८:२२ बजे