
तुलसीपुर, २९ वैशाख । राष्ट्रिय परीक्षा बोर्डको परीक्षामा ४ सय ८० भन्दा बढि विद्यार्थी सहभागि बनाउनेको सूचिमा दाङको ज्ञान ज्योति मावि देशकै सातौ नम्बरमा परेको छ । एजुकेसन समाचारले पछिल्ला तीन बर्षमा लगातार कक्षा १२ को परीक्षामा ४ सय ८० भन्दा बढि विद्यार्थी सहभागि बनाउने विद्यालयहरुलाई बिभिन्न सूचक राखेर मूल्यांकन गर्दै आएको छ ।
यसरी ४ सय ८० भन्दा बढि विद्यार्थीहरुलाई बोर्ड परीक्षामा सहभागि बनाएका विद्यालयको भौतिक पूर्वाधार, अतिरिक्त क्रियाकलाप, उत्कृष्ट माविको पुरस्कार, स्थापना वर्ष र पब्लिक पर्सेप्सनका आधारमा छनोट गर्दा तुलसीपुर स्थित ज्ञान ज्योति सातौ नम्बरमा पर्न सफल भएको हो ।
ज्ञानज्योतिले पछिल्लो तीन बर्षमा लगातार ४ सय ८० भन्दा बढि विद्यार्थीलाई बोर्ड परीक्षामा सहभागि बनाउँदै आएको छ । सोही आधारमा उक्त विद्यालय प्रतिस्पर्धामा छनोट भएको हो ।
जसमा रिजल्टलाई ८० प्रतिशत र अन्य सबै मापदण्डलाई ४÷४ प्रतिशत अंक निर्धारण गरिएको थियो । ती सबै जोडेर कूल अंकलाई आधार मानेर नतिजा निकालिएको हो ।
२०६५ देखि कक्षा ११ र १२ अध्यापन सुरु गरेको ज्ञानज्योतिले विज्ञान, व्यवस्थापन, मानविकी, कानुन र शिक्षा संकाय अध्यापन गराउँदैं आएको छ । विद्यालयका प्रिन्सिपल सुरेन्द्र जिसीका अनुसार कुशल नेतृत्व, सबल व्यवस्थापन, अनुभवी शिक्षक–शिक्षिका र विद्यार्थीको क्षमता प्रस्फुटनमा दिइएको जोडले नै अहिले विद्यालय यो स्थानमा पुगेको बताएका छन् ।
भौतिक पूर्वाधार, प्रयोगशाला, पुस्तकालय र पढाइमैत्री बनाउनमा ज्ञानज्योतिले विशेष ध्यान दिएको उनको भनाई छ ।




लाइभदाङ । २९ बैशाख २०८३, मंगलवार २२:२० बजे