
दाङ, २० पुस ।
प्रतिनिधिसभा चुनावका लागि नेकपा एमालेले दाङ १ बाट ५ जना सिफारिस भएको छ ।
क्षेत्र नम्बर १ समन्वय समितिको बैठकले एमालेका नेता रेवतीरमण शर्मा घिमिरे, अर्जुन गुरुङ, डाक्टर सुरामणी बेल्वासे, रामप्रसाद गैरे र कमला आचार्यको नाम सिफारिस गरेको क्षेत्रीय संयोजक सहजराम यादवले जानकारी दिए । शर्मा पूर्व प्रदेश सांसदसमेत हुन् ।
पार्टीको केन्द्रीय लेखा आयोग सदस्य रहेका उनी प्रध्यापक जागिर छोडेर राजनितीमा होमिएका थिए ।



लाइभदाङ । २० पुष २०८२, आईतवार १९:१२ बजे