दाङमा बञ्चरो प्रहारबाट एक जनाको मृत्यु

तुलसीपुर,२६ बैशाख ।
दाङ जिल्लाको राजपुर गाउँपालिका–४, फोहोरामा धारिलो हतियार बञ्चरो प्रहारबाट एक जनाको मृत्यु भएको छ। शनिबार दिउसो पौने २ बजेतिर रामजानकी सामुदायिक वन बाट साल जातको काँचो काठ काटेर ल्याएको विषयलाई लिएर विवाद हुँदा स्थानीय अन्दाजी ५६ वर्षीय भोला यादवमाथि धारिलो हतियार प्रहार भएको प्रहरीले जनाएको छ।


प्रहरीका अनुसार सोही ठाउँको सन्तपुरूवाका २३ बर्षीय ईच्छा कुमार रैदासले विवादका क्रममा भोला यादवको टाउकोमा धारिलो हतियार प्रहार गरेका थिए। गम्भीर घाइते भएका यादवको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नाउब उपरीक्षक रेशम बोहराले जानकारी दिए । घटनापछि आरोपी ईच्छा कुमार रैदास फरार रहेका छन् भने उनको खोजतलास तथा थप अनुसन्धान कार्य जारी रहेको प्रहरीले जनाएको छ।