गोरखाका विद्यार्थीलाई नेतृत्व विकास कार्यक्रम

तुलसीपुर, २५ वैशाख । दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ बरुवागाउँ स्थित गोरखा मोडेल कलेजका विद्यार्थीहरुकालागि नेतृत्व विकास कार्यक्रम गरिएको छ ।

विविएसमा अध्ययनरत विद्यार्थीहरुलाई शुक्रबार नेतृत्व विकास कार्यक्रम गरिएको हो ।

किताबी ज्ञान मात्रै नभर्ई ब्यबहारिक शिक्षा दिनकालागि यस्तो खालको कार्यक्रम गरिएको कलेज प्रमुख पूर्ण विक्रम डाँगीले बताए ।


उनका अनुसार किताबमा भएको कुरालाई पनि फरक तरिकाले सिकाउनु पर्ने भन्दो कलेजले यस्तो खालको शिक्षा दिइरहेको डाँगीको भनाई छ ।

उक्त कार्यक्रममा तुलसीपुर उपमहानगरपालिकाका पर्यटन शाखा प्रमुख झरेन्द्र खरेलले विद्यार्थीहरुलाई प्रशिक्षण दिएका थिए ।

नेतृत्वमा हुनुपर्ने गुण, नेतृत्वले गर्नुपर्ने ब्यबहारलगायतका विषयमा खरेलले प्रशिक्षण दिएका थिए ।