
तुलसीपुर, २१ वैशाख । दाङ तुलसीपुरका सुकुम्वासी परिवारका वालबालिकाहरुलाई शैक्षिक सामग्री वितरण गरिएको छ ।
सहायता केन्द्र नेपालको आयोजना र भ्वाईस अफ दलित कम्युनिटी न्यूयोर्क सिटी युएसएको आर्थिक सहयोगमा शैक्षिक सामग्री सहयोग गरिएको हो ।
तुलसिपुर ६ शिवशक्ति टोलका ९ जना सुकुमबासी बालबालिकाहरुलाइ शैक्षिक सामाग्री वितरण गरिएको हो ।
विद्यार्थीहरुलाई विद्यालय पोशाक, झोला, जुता मोजा, कपि, पेन्सिल, इरेजर, कटर र कलर सहयोग गरिएको हो ।
सुकुम्वासी तथा विपन्न परिवारको पहिचान गरि सहयोग वितरण गरिएको अध्यक्ष खेम सेन्चुरीले बताए ।



लाइभदाङ । २१ बैशाख २०८३, सोमबार २०:३४ बजे