तुलसीपुरमा ट्रयाक्टर पल्टिएर ट्रली अटोमा बजारियो, ४ जना घाइते

तुलसीपुर, ४ साउन । तुलसीपुरमा ट्रयाक्टर पल्टिदा ट्रली गुडिरहेको अटोमा बजारिदा चार जना घाइते भएका छन् ।

घाइते हुने सबै अटोमा सवार ब्यक्तिहरु हुन । अटो चालक तुलसीपुर उपमहानगरपालिका – २ बालापुरका ३८ बर्षीय भिमबहादुर ठाँडा मगर, तुलसीपुर –२ भम्केकी १८ बर्षीया मनिसा योगी, भम्के कै ३८ बर्षीया देबी शर्मा र सोही ठाउँका २९ बर्षीया कल्पना केसी धिताल रहेका छन् ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रबक्ता प्रहरी निरीक्षक सुर्य राना मगरका अनुसार अरु भन्दा बढी चोट मनिसा योगीलाई लागेको छ ।

अन्यको अवस्था भने सामान्ने रहेको प्रहरीले बताएको छ । प्रहरीका अनुसार घाइते सबैको तुलसीपुरमै उपचार भइ रहेको छ ।


आइतबार दिउँसो पौैने ४ बजेतिर तुलसीपुर – ८ गतेखोला पुलमा पश्चिम बाट तुलसीपुर तर्फ आउदै गरेको लु.प्र.०२–००१ त ००९३ नम्बरको ट्रयाक्टर आफै अनियन्त्रित भइ पल्टिएको थियो ।

ट्रयाक्टर पल्टिदा तुलसीपुरबाट पश्चिम तर्फ जाँदै गरेको रा १ ह ७५०० नम्बरको अटोको अगाडीको भागमा ट्रली बजारिएको थियो ।

ट्रयाक्टर चालक तुलसीपुर – १७ दुधरासका २९ बर्षीय राजेश परियारलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।