निर्वाचनमा घात गरेको भन्दै सांसदद्वय खनाल र न्यौपानेलाई स्पष्टिकरण

दाङ, १७ वैशाख । उम्मेदवारलाई अन्तरघात गरेको भन्दै दाङका दुई सांसदलाई काँग्रेसले स्पष्टिकरण सोधेको छ ।

काँग्रेस लुम्बिनी प्रदेशका उपसभापति समेत रहेका दाङ२(१)बाट निर्वाचन राजु खनाल र प्रबक्ता समेत रहेका प्रचण्ड विक्रम न्यौपाने(गुन्टु)लाई स्पष्टिकरण सोधिएको हो । न्यौपाने लुम्बिनी प्रदेशका यातायात तथा पर्यटन मन्त्री समेत हुन्, भने खनाल यस अघि प्रदेशका स्वास्थ्य मन्त्री थिए ।

फागुनमा भएको प्रतिनिधिसभा निर्वाचनमा आधिकारिक उम्मेदवारको विरुद्धमा लागेको भन्दै काँग्रेस केन्द्रीय अनुशासन समितिले कारवाहीको प्रक्रिया अघि बढाएको समितिका कार्यबहाक मुख्य सचिब कृष्णप्रसाद दुलालले प्रेस विज्ञप्ति जारी गरि जानकारी दिए।


उनीसंगै ७ जनालाई कारवाहीको प्रक्रिया अघि बढाईएको छ । उनीहरुले पाँच दिन भित्र स्पष्टिकरण पठाउनु पर्नेछ ।

May be an image of text