वर्तमान सत्ता गठवन्धन भत्काउन विभिन्न चलखेल भईरहेको छः मन्त्री शर्मा

दाङ, १६ कार्तिक ।
नेपाल सरकारका प्रवक्ता एवं सुचना तथा संचार प्रविधीमन्त्री रेखा शर्माले वर्तमान सत्ता गठवन्धन भत्काउनका लागि विभिन्न चलखेल भईरहेको बताउनुभएको छ । उहाँले वर्तमान गठवन्धनलाई भत्तकाउनका लागि राष्ट्रिय अन्तराष्ट्रिय शक्तिहरु सलबलाएको भएपनि उनीहरु यसमा सफल हुन नसकेको समेत दावी गर्नुभयो ।

बुधवार साँझ आफ्नो निर्वाचन क्षेत्र दाङको बंगलाचुली गाउँपालिकाको कमिरेचौरमा आयोजित गठबन्धनसम्बद्ध जन प्रतिनिधी , नेता तथा कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उहाले यस्तो बताउनुभएको हो । मन्त्री शर्माले वर्तमान गठनबन्धन सम्वद्ध दलका नेताहरु यही समिकरणलाई पाँच वर्षसम्म टीकाई राख्नुपर्छ भन्ने कुरामा एकमत रहेको हुँदा गठबन्धन पाँचवर्षसम्म कायम रहने समेत बताउनु भयो ।

कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री शर्माले अहिले अन्तराष्ट्रिय शक्ति शन्तुलन राम्रो भएको समेत दावी गर्नुभएको छ । उहाँले भन्नुभयो, ‘प्रधानमन्त्री ज्यूको भारत,चिन भ्रमण तथा संयुक्तराष्ट्रसंघको कार्यक्रममा सहभागिताले अहिले नेपालले आफ्नो अन्तराष्ट्रिय सम्बन्ध बलियो बनाउन सफल भएको छ।


यस्तै उहाँले विकासका लागि सबैले ईमानदारिताका साथ आफ्नो ठाउँबाट लागि पर्नुपर्ने बताउँदै आफु पनि यहाँका विकासका लागि निरन्तर लागिपरेको बातउनु भएको छ । उहाँले बंगलाचुली सहित दाङको विकासका लागि गम्भिर भएर विभिन्न मन्त्रालयमा पहल जारी राखेको बातउनुभयो । बंगलाचुलीमा गुणस्तरिय स्वास्थ्य सेवा, स्वच्छ खानेपानी, विद्युत, सडक र टेलिफोनको जस्ता क्षेत्रको विकासका लागि मातहतका प्रदेश तथा संघिय मन्त्रालयको समन्वयमा कामहरु अगाडी बढाईने बातानुभयो ।

उहाँले दाङको घोराही तुलसीपुर सडकको मर्मतको काम करिव करिव सकिएको र तिहार पछि चारलेन सडक निर्माणको लागि ठेक्का प्रकृया अगाडि बढ्ने समेत बाताउनुभएको छ । यस्तै राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अर्को वर्षदेखि पढाई सुरुगर्ने गरी कामहरु अगाडि बढाईएको जानकारी दिनुभयो ।

भेटघाट कार्यक्रममा बंगलाचुली गाउँपालिका अध्यक्ष तुल्सीराम पुनमगर,उपाध्यक्ष भक्त बहादुर जीसीले बंगलाचुली गाउँपालिकाको समस्या तथा पुरा गर्नुपर्ने योजनाहरुको वारेमा मन्त्री शर्मालाई जानकारी गराउनुभएको थियो ।