तालिम सिकेर मात्रै हुदैन, ब्यबसायमा परिणत गर्नुपर्छः पूर्वमुख्यमन्त्री चौधरी

तुलसीपुर, १४ वैशाख । लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री डिल्ली बहादुर चौधरीले तालिम सिकेर मात्रै नहुँने बताएका छन् ।

उनले सिकेको सीपलाई आम्दानीमा जोड्नु पर्ने बताए ।“तालिम सिकेर मात्रै हुँदैन, बजेट खर्च भएको हुन्छ”,उनले भने“हामीले सिकेको सीपलाई आम्दानीमा जोड्नु पर्छ ।” सेवा प्रतिष्ठान दाङको आयोजना तथा सामाजिक विकास डिभिजन कार्यालय तुलसीपुरको आर्थिक सहयोगमा भएको १५ दिने अचार उत्पादन तथा गुडिया निर्माण तालिमको आईतबार समापन गर्दै उनले सरकारले सीप विकासमा लगानी गरेपनि त्यो सही सदुपयोग हुन नसकेको समेत बताए ।

अहिले पनि सीप सिक्ने तर, ब्यबहारमा नउतार्ने कुराले गर्दा सरकारले गरेको लगानी खेर जाने गरेको समेत उनको भनाई छ ।“हामीले पटक–पटक बजेट हाल्छौं”,उनले भने “तर, त्यो सदुपयोग नहुँदा खेर जाने अबस्थामा छ ।” आर्थिक अबस्था कम्जोर भएका समुदायलाई आम्दानीमा जोड्नकालागि यस्ता खालका तालिमले महत्वपूर्ण भूमिका निर्वाह गर्ने उनको भनाई थियो ।


त्यस्तै लुम्बिनी प्रदेश योजना आयोगका पूर्व उपाध्यक्ष डा. नहकुल केसीले तालिम लिएपछि दैनिक १५ सयदेखि दुई हजारसम्को आम्दानी गर्न सक्नु पर्ने बताए । त्यो हुँदा मात्रै तालिमले सार्थकता दिने उनको भनाई छ । तालिम लिएपछि उत्पादित बस्तुहरुको बजारीकरणमा पनि आफूहरुले सहयोग गर्ने बताए ।

तालिममा तुलसीपुर ६,७ र ९ नम्बर वडाका महिलाहरुको सहभागिता रहेको थियो । जसमा अचार बनाउने तालिममा २५ जना, गुडिया बनाउने तालिममा ४७ जना महिलाहरु सहभागि थिए । महिलाहरुले ११ प्रकारका अचार बनाउन सिकेका छन्, भने ९ प्रकारका गुडिया बनाउन सिकेका छन् । खरायो, पाण्डा,गणेश, टायर कुसन, लभ कुसन, फलावर कुसन, चारकुने कुसन बनाउन सिकेका हुन् । त्यस्तै बोइलर अचार, मिक्स अचार, टिमुर अचार, बोडीको अचार, करेलाको अचार, कागतीको अचार,भागो छोप,मिक्स अचार,लसुन र अदुवाको अचार,बोडीको अचार बनाउन सिकेका हुन् ।

उनीहरुलाई आईतबार कार्यक्रम गरि विदाई गरिएको थियो । त्यस अवसरमा तुलसीपुर उपमहानगरपालिका वडा नं. ७ का वडाध्यक्ष राम बहादुर जीसी, सामाजिक विकास डिभिजन कार्यालय तुलसीपुरका प्रमुख गिरिराज पान्डे, सहभागिको तर्फबाट टीकाकुमारी सार्की(गुडिया), मिना लामिछाने(अचार) र बालकुमारी खड्का(प्रशिक्षक)ले मनतब्य ब्यक्त गरेका थिए । कार्यक्रमको सहजीकरण प्रकाश केसीले गरेका थिए ।