राष्ट्रिय भूमि आयोगद्वारा बबईमा स्थलगत अनुमगन

प्रेमबहादुर राम्जा मगर,

माघ, २१ दाङ

राष्ट्रिय भूमि आयोगको टोलीले बबई गाउँपाललिकामा स्थलगत अनुगमन गरेको छ । बबई गाउँपालिकामा हालसम्म भएका सुकुम्बासी समस्या समाधानका लागि भएका कामहरुको स्थलगत अनुगमन गरिएको हो ।

राष्ट्रिय भूमि आयोग गठन भएर सम्झौता भएपछि पहिलो पटक बबई गाउँपालिकामा स्थलगत अनुगमन गरिएको हो । आयोगका बिज्ञ सदस्य टेकबहादुर शाह, कर्मचारी मणी रेग्मीको टोलीले अनुगमन गरेको हो ।


बबई गाउँपालिकाले २०७७ साल कार्तिक महिनादेखि भूमिको समस्या समाधानका लागि काम गर्दै आएको छ । पहिलो पटक सेवा सुरु गरेको गाउँपालिकाले दोस्रो पटक २०७८ साल पुस २४ गते सम्झौता गरेका कामलाई जारी राखेको छ ।

बबई गाउँपालिकाले हाल बस्तीस्तरमा पुगेर जग्गा नापी कार्यलाई जारी राखेको छ । जग्गा नापी गर्नका लागि ४ वटा टोली गाउँपालिकाले खटाएको छ । पहिलो चरणमा गाउँपालिकाले वडा नम्बर १ मा जग्गा नापी गरी सकेको छ । २, ३ र ४ मा अन्तिम चरणमा नापीको काम रहेको छ ।

यस्तै वडा नम्बर ५, ६ र ७ मा पनि नापी गरिने गाउँपालिकाले जनाएको छ । पहिलो चरणमा गाउँपालिकाले ५५६ परिवारलाई लालपुर्जा बितरणको तयारी गरेको अध्यक्ष भुबनेश्वर पौडेलले जानकारी दिनुभएको छ ।