तुलसीपुर, ३ पुस । नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ दाङको अध्यक्षमा जसराज बिश्वकर्मा सर्बसम्मत निर्वाचित हुनुभएको छ । संस्थाको तुलसीपुरमा सम्पन्न भएको छैठौं जिल्ला अधिबेशनले बिश्वकर्माको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । जसको उपाध्यक्षमा ईन्दिरा नेपाली , सचिबमा लक्ष्मण बिश्वकर्मा, कोषाध्यक्षमा भिम बिश्वकर्मा चयन हुनुभएको छ ।
यस्तैगरि सदस्यहरुमा किरण बिश्वकर्मा, खडग बिश्वकर्मा, जुनकीरी नेपाली, ज्ञानु बिश्वकर्मा,कुमारी बिक, कमानसिङ नेपाली र देबराज नेपाली रहनु भएको छ । संघका अध्यक्ष जसराज बिश्वकर्माको अध्यक्षता तथा संस्थाका केन्द्रिय उपाध्यक्ष एबम केन्द्रिय कार्यालयबाट प्रतिनिधिका रुपमा खटिनु भएका जोगेन्द्र बिश्वकर्माको प्रमुख आतिथ्यतामा अधिबेशन सम्पन्न भएको थियो ।
लाइभदाङ । ३ पुष २०८१, बुधबार १०:४३ बजे