वैशाख ८ मा काङ्ग्रेसको जरा अभियान कार्यक्रम हुने

प्रिया स्मृती गजमेर
देउखुरी,६ वैशाख ।
नेपाली काङ्ग्रेस दाङ क्षेत्र नं. १ को क्षेत्रीय पदाधिकारीहरूको बैठक आज लमहीमा सम्पन्न भएको छ । बैठकले आगामी वैशाख ८ गते जरा अभियानु सम्बन्धी बृहत् अभिमुखीकरण कार्यक्रम गर्ने निर्णय गरेको छ । सो कार्यक्रमका लागि नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य पवित्रा कुमारी अर्याल र केन्द्रीय प्रतिनिधि शंकर तिवारी दाङ आउने कार्यक्रम तय भएको छ ।

क्षेत्रीय सभापति भेषराज पाण्डेको अध्यक्षतामा आइतबार सम्पन्न बैठकले केन्द्रीय कार्यसमितिको निर्णय र निर्देशन बमोजिम उक्त अभियानलाई प्रभावकारी ढंगले अगाडी बढाउने निर्णय गरेको हो । बैठकले वैशाख ८ गते हुने कार्यक्रमका लागि विभिन्न तह र तप्काका प्रतिनिधिहरूलाई उपस्थित हुन र कार्यान्वयनका लागि सक्रिय भूमिका खेल्न आह्वान गरेको छ ।

कार्यक्रममा वडा सभापति, पालिका कार्यसमिति, प्रदेश तथा क्षेत्रीय कार्यसमिति, वर्तमान तथा पूर्व जिल्ला पदाधिकारीहरू, महासमिति सदस्य, महाधिवेशन प्रतिनिधि, साथै भातृ एवं शुभेच्छुक संस्थाका प्रमुखहरूको सहभागिता रहने बताइएको छ ।

सूचना सम्प्रेषणका लागि क्षेत्रगत जिम्मेवारी
अभियानलाई गाउँ–गाउँसम्म पुर्‍याउन र सूचना प्रवाहलाई व्यवस्थित गर्न बैठकले पदाधिकारीहरूलाई स्थानीय तहअनुसार विशेष जिम्मेवारी समेत सुम्पिएको छ । घोराही उपमहानगरपालिका १, २, ३ र ५ का लागि क्षेत्रीय उपसभापति दिनेश गिरी, राजपुर गाउँपालिकाका लागि क्षेत्रीय सहसचिव प्रकाश कुमार जिसी, राप्ती गाउँपालिकाका लागि क्षेत्रीय उपसभापति श्रीपत चौधरीलाई जिम्मेवारी दिइएको छ ।


गढवा गाउँपालिकाका लागि क्षेत्रीय सहसचिव गोविन्द वली, लमही नगरपालिकाका लागि क्षेत्रीय सचिव खेमलाल चौधरीलाई जिम्मेवारी तोकिएको छ । त्यसैगरी अन्य व्यवस्थापनको जिम्मेवारी कोषाध्यक्ष गीता कुमारी चौधरी र प्रवक्ता अजय न्यौपानेलाई दिइएको छ ।

आज सम्पन्न बैठकमा नेपाली काङ्ग्रेस दाङ –१ का उप–सभापतिद्वय श्रीपत चौधरी, दिनेश गिरी, सचिवद्वय हरिहर शर्मा, खेमलाल चौधरी, सह(सचिवद्वय प्रकाश कुमार जिसी, गोविन्द वली, कोषाध्यक्ष गीता कुमारी चौधरी र प्रवक्ता अजय न्यौपाने लगायतको उपस्थिति रहेको थियो ।

केन्द्रीय निर्देशन अनुसार सञ्चालन हुन लागेको जरा अभियानु ले संगठनलाई तल्लो तहसम्म मजबुत बनाउने अपेक्षा गरिएको प्रवक्ता न्यौपानेले जानकारी दिनुभयो ।