लुम्बिनी स्मार्ट स्कुलको फुटसल मैदान उद्घाटन

तुलसीपुर, ५ चैत ।  दाङको तुलसीपुर स्थित लुम्बिनी स्मार्ट स्कुलको फुटसल मैदान उद्घाटन गरिएको छ ।

शुक्रबार तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टिकाराम खड्काले मैदान उद्घाटन गरेका हुन् । त्यस अवसरमा उनले अबको शिक्षा समाजमा टिक्ने शिक्षा हुनुपर्ने बताए । तुलसीपुर ९ स्थित बेलुवामा लुम्बिनी फ्युचर पाथद्वारा उक्त विद्यालय सञ्चालनमा छ ।


नयाँ विद्यालयका रुपमा स्थापित उक्त विद्यालयले फुटसल मैदान सञ्चालनमा ल्याएको हो ।  सोही सोही दिन जनप्रतिनिधि र पत्रकारबीच मैत्रीपूर्ण फुट्सल प्रतियोगिता भएको छ । जुन उद्घाटन खेल रहेको छ ।

जसमा ५–२ गोलअन्तरले पत्रकार टोलीलाई पराजित गर्दै जनप्रतिनिधिको टोली विजयी भएको हो । अध्यक्ष मोहन सुनारको अध्यक्षतामा कार्यक्रम भएको हो ।