दाङमा पछिल्लो २४ घण्टामा २३.५ मिलिमिटर बर्षा

तुलसीपुर
२१ माघ  / दाङमा पछिल्लो २४ घण्टामा २३. ५ मिलिमिटर बर्षा भएको छ ।

मौसम पूर्वानुमान महाशाखा फिल्ड कार्यालय दाङका अनुसार विहीबार र शुक्रबार २३.५ मिलिमिटर बर्षा भएको छ । साथै आजको न्यूनतम ताफक्रम १० डिग्री सेल्सियस रहेको छ, भने अधिकतम तापक्रम १८.३ डिग्रि सेल्सियस रहेको छ ।


विहीबार र शुक्रबार दिनभर जसो बर्षा भइरहेको छ । नियमितको बर्षाले चिसो महसुस भइरहेको छ । जनजीवन पनि प्रभाबित भएको छ ।