महान्यायाधिवक्तामा डा. नारायण कँडेल नियुक्त

काठमाडौं, २२ चैत।
सरकारले डा। नारायणदत्त कँडेललाई महान्यायाधिवक्तामा नियुक्त गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले उनलाई सरकारको कानुनी सल्लाहकार बनाउन सिफारिस गरेको थियो ।

सोही अनुसार उनलाई राष्ट्रपति रामचन्द्र पौडेलले नियुक्त गरेका हुन् । महान्यायाधिवक्ता सरकारको कानुनी सल्लाहकार रहनुका साथै फौजदारी मुद्दाको अभियोजन गर्ने सरकारी वकिलहरूको नेतृत्व गठन, सरकारवादी हुने सबै मुद्दाको बहस पैरवीको नेतृत्व गर्छन् ।


कँडेल रास्वपा सभापति रवि लामिछानेको मुद्दामा कानुनी सल्लाहकारको रूपमा काम गरेका व्यक्ति पनि हुन् ।

उनी पत्रकार महासंघ ९बागलुङ, पर्वत, म्याग्दी र मुस्ताङ० धौलागिरी शाखाको सभापति पनि निए । विसं २०५८ देखि २०६० सम्म धौलागिरी शाखाको सभापति पनि थिए ।