
तुलसीपुर, २२ चैत ।
दाङको तुलसीपुर स्थित सक्सेस एजुकेशन कन्सलटेन्सीले जुलाई तथा अक्टोबर इनटेकका विद्यार्थीहरुलाई स्वागत गरेको छ । त्यस्तै अप्रिल इन्टेकका विद्यार्थीहरुलाई विदाई गरेको छ । शुक्रबार एक कार्यक्रम गरि विद्यार्थीहरुलाई स्वागत तथा विदाई गरेको हो ।
कन्सलटेन्सीका प्रबन्ध निर्देशक अजय भण्डारीको अध्यक्षता तथा ज्ञान ज्योति एजुकेशन फाउन्डेशनका संयोजक शरद गौतमको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो । त्यस अवसरमा प्रमुख अतिथि गौतमले विद्यार्थीहरुले मेहनत गरे अबश्य पनि प्रतिफल प्राप्त गर्ने बताए । उनले जुन ठाउँमा भएपनि विद्यार्थीहरु सचेत भएर अगाडी बढ्नु पर्ने बताए ।
कार्यक्रममा कन्सलटेन्सीका प्रबन्धक प्रदिप शर्मा, सूचना अधिकारी रोशन बोहरा, जापानिज भाषा प्रशिक्षक सृजना कँडेल , फ्रन्ट डेस्क अफिसर बर्षा पोख्रेल, फ्याकल्टी मेम्बर मनिसा डाँगी, काउन्सिलर मिम्सा गौतमलगायतको सहभागिता रहेको थियो ।
विद्यार्थी भिमा डाँगीले स्वागत मन्तब्य ब्यक्त गरेको कार्यक्रमको सहजीकरण प्रेरणा परियारले गरेकी थिइन । त्यस अवसरमा विदाई भएर जाने विद्यार्थीहरुलाई मायाको चिनो प्रदान गरिएको थियो भने नयाँ विद्यार्थीहरुलाई खादाले स्वागत गरिएको थियो ।



लाइभदाङ । २२ चैत्र २०८२, आईतवार ०२:२९ बजे