माओवादी केन्द्र तुलसीपुर ९ द्वारा पार्टीमा समाहितलाई स्वागत

तुलसीपुर, ३ चैत । नेकपा माओवादी केन्द्र तुलसीपुर ९ ले पार्टीमा समाहित भएर आएकाहरुलाई स्वागत गरेको छ ।

केही समय अघि पार्टीमा समाहित भएकाहरुलाई स्वागत गरेको हो । शनिबार कार्यक्रम गरि इश्वरी पाण्डे, हिमाल डाँगी,गंगदेव गैरे,लोकबहादुर शाही, विक्रम खनाललाई स्वागत गरिएको हो । पार्टीका वडा कमिटि अध्यक्ष मदन हमालको अध्यक्षता तथा प्रदेश कमिटि सदस्य इश्वरी पाण्डेको प्रमुख आतिथ्य एवं नगर कमिटि अध्यक्ष खुसीराम चौधरीको बिशिष्ट आतिथ्यमा कार्यक्रम भएको हो ।

त्यस अवसरमा प्रमुख अतिथि पाण्डेले पार्टीप्रति पछिल्लो समय देशब्यापी नै आकर्षण रहेको बताए । बर्तमान सरकारले सुशासनका पक्षमा चालेको कदमले मुलुकमा उत्साह पैदा भएको बताए । कार्यक्रममा पार्टीका नगर कमिटि अध्यक्ष खुसीराम चौधरीले सरकारले गरेको काम जनतालाई बुझाउन आबश्यक रहेको बताएका छन् । अहिले सुशासनका पक्षमा जसरी बर्तमान प्रचण्ड नेतृत्वको सरकारले काम गरेको छ, त्यो कुरालाई जनताले पनि बुझ्न आबश्यक रहेको बताए ।


कार्यक्रममा पार्टीका नगर कमिटि सचिबालय सदस्य केशव वली, पार्टी निकट शिक्षक संगठन एकीकृत अखिल नेपाल शिक्षक संगठनका जिल्ला अध्यक्ष झग्गु प्रसाद केसी, पार्टीका नगर कमिटि सदस्य तथा वडाका सहइञ्चार्ज दुर्गा शर्मा, दीपक बोहरालगायतले मन्तब्य ब्यक्त गरेका थिए ।

शारदा विकले स्वागत मन्तब्य ब्यक्त गरेको कार्यक्रमको सहजीकरण पार्टीका वडा सचिब प्रेमबहादुर विकले गरेका थिए ।